तनहँुमा बढ्दो कोरोना ग्राफ

तनहँुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ग्राफ बढ्दो छ। आईतबार एकै दिन २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आईतबार पुष्टि भएको मध्ये सबै भन्दा धेरै व्यास नगरपालिकामा देखिएको छ । व्यासमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । व्यास ३ स्थित रहेको दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेल सहित कार्यालय सहयोगीलाई कोरोना संक्रमण भएको छ ।प्रदेश जनस्वास्थ्य प्रयोगशालामा अस्पतालमा कार्यरत पाँच जनाको स्वांब परिक्षणको लागि पठाईएको थियो । परीक्षणका क्रममा दुवैको नतिजा पोजेटिभ पाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले पुष्टि गरे ।

त्यस्तै बाँकी तीन जनाको भने नतिजा आउन बाँकी रहेको छ । डाक्टर पौडेलले पिसिआर टेस्ट गरेपनि रिपोर्ट आउनु अघि सम्म बिरामीको परीक्षण गरेको समेत खुलेको छ । केही दिन अघि मात्र काठमाडौं गएर फर्किएका हुन् । कार्यालय सहयोगी भने आईसोलेसनमा खटिएकी कर्मचारी हुन् । अध्यक्ष अधिकारीका अनुसार संक्रमीतको सम्र्पकमा आएका स्वांब संकलन गरिने भएको छ । त्यस्तै जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मीसहित पाँच जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंबाट फर्केकी एक ल्याब टेक्निसियनमा संक्रमण भेटिएपछि अस्पताल नै बन्द गरेर ५० जनाको स्वाब संकलन गरिएकामा पाँच जनाको रिपोर्ट पोजेटिभ आएको हो स्वास्थ्य निर्देशालयको अनुसार अस्पतालका चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका कर्मचारीमा संक्रमण देखिएको छ ।

अस्पतालले सबै स्वास्थ्यकर्मी तथा कर्मचारी कन्ट्याक्ट ट्रेसमा परे पछि आकस्मिकसहितका सबै सेवा बन्द गर्दै आएको थियो । यसैबीच अस्पतालले रिपोर्ट आएसँगै आईतबारबाट सम्पूर्ण सेवा सुचारु गरेको छ । त्यस्तै व्यास यातायात प्रा.लिमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ पोखराको फिभर क्लिनिकमा गएर परीक्षण गरेका व्यास १० का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुटि भएको हो । त्यस्तै व्यास १ का ३८ वर्षीय पुरुष, ९ का ३६ र ३५ वर्षीय पुरुष, सोही वडाकी ६५ वर्षीया महिला, व्यास २ का ३४ र ३६ वर्षीया पुरुष, व्यास ११ की ३४ वर्षीया महिला र व्यास ५ को ३८ वर्षिय पुरुष र ६७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै आँबुखैरेनी गाँउपालिकाको ६ नं वडाका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बन्दिपूर ४ का २७ वर्षीय पुरुष र देवघाट गाँएपालिका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सरकारले चैत ११ गतेदेखि कोरोना संक्रमण नियन्त्रणका लागि गरेको लकडाउन असार १ गतेबाट खुकुलो पारेसँगै संक्रमितको संख्या बढ्दै गएको देखिन्छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button