पण्डित जस्तै नगर प्रमुख बन्नेकी

धेरैजसो जनप्रतिनिधी सुविधा भोगी भए भन्ने आरोप लाग्ने  गरेकोमा केही जनप्रतिनिधीले नमुना काम गरेर प्रशंसाको पात्र बनेका छन् । केही जनप्रतिनधिले सुविधा नलिने र कार्य सम्पादन पनि राम्रोसँग गरेर अनुकरणीय काम गरेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले आफुले पाउने सेवा सुविधा बापत रकम विपन्न नागरिकलाई वितरण गरेर अनुकरणीय कार्य गर्नु भएको छ ।  आर्थिक अवस्थाको कमजोर रहेकै कारण चडपर्व खल्लो नहोस भन्ने हेतुले विपन्न नागरिकलाई रकम वितरण गरेर सहयोगी भावाना देखाउनु भएको छ । करिब ५० जना विपन्न नागरिकलाई आफ्नो तीन महिनाको सेवा सुविधा बापत रकम वितरण गरेर घाउँमा मलम लगाउने कार्य भएको छ । पण्डितले चुनावको समयमा गरेका बाचालाई पुरा गर्दै  वितरण गरेर बाचा गरेको कार्य पुरा वचनको पक्का बन्नु भएको छ । नगरप्रमुख पण्डितले जनता सामु गरेको बाचा पुरा गर्दै आफुले पाएको तीन महिनाको तलबभत्ता बापतको रकम १ लाख ६० हजार रुपैयाँ विपन्न परिवारलाई सहयोग गरेको कार्य नुमना काम हो ।
 आर्थिक अवस्था कमजोर भएकाहरुको चार्डपर्व खल्लो नबाएर पण्डितले पुण्यको काम गर्नु भएको छ । निर्वाचित भएको समय देखि नियम अनुसार आफूले पाउने तलब, घर भाडा, दैनिक भ्रमण भत्ता, तथा बैठक भत्ता वापतको रकम लिनुु भएको छैन ।  नियमानुसार पाउने सबै सेवा सुविधा सिधै कोषमा जाने गरी मेयर कोष स्थापना गर्नु भएको छ । यस्तो कार्य अन्य जनप्रतिनिधीले पनि गर्नुपर्छ । निर्वाचित भए लगतै कार्यालयका बसी बसी सेवा प्रदान गर्न नागरिक साहायता कक्ष स्थापना गर्ने, शूसासन सूचना पाटी मार्फत जनताको सेवा सरल, सहज र पारदर्शी बनाउने कार्य पण्डितले गर्नु भएको छ । पण्डितको सिको अन्य जनप्रतिनिधीले पनि गर्नु जरुरी छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button