दुई दिनमा सवारी दुर्घटनामा परी दुईको मृत्यु, चार घाइते

जिल्लामा पछिल्लो दुई दिनमा चार स्थानमा सवारी दुद्र्यटना हुदाँ दुई जनाको ज्यान गएको छ भने ४ घाईते भएका छन् । शुक्रबार व्यास १२ घाँसिकुवामा मोटरसाईकल दुर्घटनामा हुदा एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ग १४ प २५१२ नम्बरको मोटरसाइकल ग १ ह ०४ नम्बरको अटो संग ठोकिएर बा ४ ख ८९९६ नम्बरको बसमा ठोक्किँदा धादिङ ८ निवासी २२ वर्षका गोविन्द मगरको मुत्यु भएको छ । दुर्घटनामा परी धादिङ ८ गल्छीबेसी निवासी २० वर्षीया सुनिता तामाङ र उनका छोरा ३ वर्षका आशिष घाईते भएका छन् ।

घाइते भएका गोविन्दको उपचारका क्रममा दमौली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।घाइतेको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोशी दिन व्यास ६ साँजास्थित बाकोरे खोलास्थित कच्ची सडकमा एक ट्याक्टर पल्टदा एक बालकको मुत्य भएको छ । सडकबाट झण्डै तीन सय मिटर तल खोल्सामा खस्दा स्थानीय ९ वर्षका सरोज थापाको मुत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुले जनाएको छ ।

सोही ट्याक्टरको ढालाले च्यापिन गई घटनास्थलमा नै बालकको मुत्यु भएको ट्राफिक प्रमुख रेशमबहादुर रानाभाटले जानकारी दिए । साँजाबाट सेखाटार तर्फ जाँदै गरेको ग १ त ३०८३ नं.को ट्याक्टर अनियन्त्रत भई भएको दुर्घटनामा ट्याक्टर सोही ठाँउका बर्ष ४० को बुद्दी श्रेष्ठ र ट्याक्टरमा सवार मृतक सरोजकी आमा २७ कि सरस्वती थापा घाईते छन् । घाइतेको दमौली अस्पतालमा उपचार भैरहेको छ ।

सोही दिन बेलभञ्याङमा मोटरसाईकलले माईक्रोलाई ठक्कर दिएको थियो । त्यस्तै शनिबार व्यास १२ घाँसिकुवामा ट्रक राजमार्गभन्दा बाहिर जाँदा खाजा पसल रहेको टहरामा ठक्कठर दिइ भौतिक क्षति पुराएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button