अदिकवि भानुभक्त क्याम्पसमा बालकथा लेखन कार्यशाला सञ्चालन

दमौली खबर संवाददाता

दमौली, माघ २१ ।

व्यास नगरपालिकाको आर्थिक सहयोगमा व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसको सभाहला बालकथा लेखन कार्यशाला सञ्चालन गरिएको हो ।

तनहुँका विद्यालय तथा क्याम्पसहरुलाई लक्षित गरी गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजना, आदिकवि भानुभक्त क्याम्पसको सह आयोजना र नगरपालिकाको वडा नम्बर दुईको प्रवर्द्धनमा तीन दिने बालकथा लेखन कार्यशाला सञ्चालन सुरु गरिएको हो ।

कार्यशालाको उद्घाटन व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले गर्नुभयो । सो अवसरमा नगर प्रमुख न्यौपानेले भाषा र सहित्य संरक्षण सम्बद्धनको लागि नगरपालिकाले मद्धत गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष काशीराम श्रेष्ठ, सहायक क्याम्पस प्रमुख सागर पौडेल लगायतले लेखनमा थप तिर्खानको लागि यस्ता प्रशिक्षणले मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

तनहुँ जिल्ला भित्रका क्याम्पस साथै विद्यालयमा अध्ययनरत ५० भन्दा बढी विद्यार्थीको सहभागितामा संचालन भइरहेको बालकथा लेखन कार्यशालाको प्रशिक्षण विजयराज आचार्य दिनु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button