प्राकृतिक कुचिकार गिद्धको संरक्षण गरौं

गिद्ध प्राकृति कुचिकार हुन् । सिनो अभाव र उचित वासस्थानको अभावले हुँदा यिनिहरु लोप हुँदै गएका छन् । तनहुँको व्यास नगरपालिकाद्धारा सञ्चालित गौ संरक्षण केन्द्रले भोजनको व्यवस्था गरेपछि लोपोन्मुख अवस्थामा रहेको गिद्ध बढ्न थालेका छन् । गौसंरक्षण केन्द्रमा बुढा भएर मरेका गाई तथा गोरु भोजनको लागि दिन थालेपछि गिद्धको बथान देख्न थालिएको छ । यो कार्य व्यास नगरपालिकाको उपयुक्त हो । प्राकृतिक कूचिकारको रुपमा चिनिने गिद्ध संरक्षण गर्ने उद्धेश्यले व्यास नगरपालिका–१०, दुम्सी, सिशुवा भतेरीमा गिद्धको लागि आहाराको व्यवस्था गरिएको छ । आहारा पाएपछि त्यस क्षेत्र वरपर विभिन्न प्रजातिका गिद्धहरुको बथान देख्न सकिन्छ । आहाराको कमी र विषाक्त आहारा भएकोले विरामी हुने मर्ने जस्ता कारणले गिद्धहरु लोपहुँदै गएकाले गिद्धहरुको आहारको व्यवस्था हुनु खुसीको कुरा हो

गिद्ध घर वरीपरी आए अलछिन हुन्छ भन्ने गलत सोसाईले गिद्ध बस्ने अग्ला अग्ला सिमलका काटिदिने जस्ता कारणले गिद्ध नाश हुँदै गएका छन् । नेपाल सरकारले पनि २०६३ साल जेठबाट ‘डाइक्लोफेनिक’ औषधि बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । उक्त औषधि सेवन गरेका पशुचौपायको सिनो खाँदा गिद्ध मर्ने र बाँच्न असजिलो हुने भएपछि प्रतिबन्ध लगाईएको छ त्यसलाई कार्यान्वयनमा ल्याईनु पर्दछ । गिद्धलाई स्थानीयले वातावरण सरसफाइ र दुर्गन्ध रोकथामको प्रतीक हुन् यिनलाई संरक्षण गरिनु पर्दछ । गिद्धले गाउँसमाज र वातावरणमा भएको फोहरमैला, सिनोलगायत बस्तुलाई प्रमुख आहारका रुपमा खाने झाडा पखाल जस्ता रोग समाजमा रोक्ने काम गर्छ यसबारे जनचेतना जगाउनु पर्दछ । गिद्धलाई वातावरण सन्तुलन र प्रदूषण नियन्त्रणको कुचिकार भएको यसको महत्व धेरै भएकोले अमेरिकाले राष्ट्रिय चरो गिद्धलाई मानेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button