मुलधारमा फर्किनेलाई काँग्रेस तनहुँद्धारा कारबाही फूकुवा

तनहुँ, भदौ १६ ।
 नेपाली काँग्रेस तनहुँले विभिन्न कारणबाट पार्टीबाट अलग भई मूलधारमा फर्किएकाको कारबाही फुकुवा गर्न सुरु गरेको छ । काँग्रेस तनहुँले बहिबार विज्ञप्ती जारी मूलधारमा फर्किनेलाई कारबाही फिर्ता गर्न थालेको जनाएको छ । यस अघि काँग्रेस तनहुँले भदौ १२ गते जारी विज्ञप्ती अनुसार पार्टीमा असंन्तुष्ट भई पार्टी भन्दा बाहिर रही मुलप्रवाहमा फिर्ता हुन आउनेलाई  कारबाही फूकुवा गर्न निर्णय अनुरुप फिर्ता गर्न थालिएको हो ।
     काँग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेद्धारा जारी विज्ञप्तीमा  स्थानीय तहको निर्वाचन २०७९ मा  पार्टीको निर्णयमा असंन्तुष्ट भई पार्टी विरुद्ध लाग्नु भएका ऋसिङ्ग गाउँपालिकालाई कारबाही फिर्ता गर्ने निर्णय भएको जनाईएको छ । यही भदौ १४ गते नेपाली काँग्रेस तनहुँको पार्टी कार्यालयमा सम्पर्क गरी नेपाली काँग्रेस तनहुँद्धारा मिति २०७९ भाद्र १२ गते जारी गरिएको विज्ञप्ति र पार्टीका जिम्मेवार व्यक्तिसँग छलफल गर्दा आफुहरु सकारात्मक रहेकोले पार्टी हितलाई ध्यानमा राखी पार्टीमा विना शर्त समाहित हुने र मंसिर ४ मा सम्पन्न हुन गैईरहेको संघ र प्रदेशको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजय गराउन शसक्त भुमिका निर्वाह गर्ने प्रतिवद्धता  प्रकट गर्नुभएको सम्वन्धमा छलफल हुदा उहाँहरुको माग निवेदन उचित देखिएकोले फिर्ता गरिएको जनाइएको छ ।
 नेपाली कांग्रेस तनहुँका सभापति जीत प्रकाश आलेको सभापतित्वमा बसेको कार्य सम्पादन समितिको बैठकले कारबाही फिर्ता गर्ने निर्णय गरिएको हो  वैठकले विभिन्न कारणबस कारबाही गरेका र पार्टीमा असन्तुष्ट भई स्वतन्त्र रहेकालाई विना सर्त पार्टीमा फर्कन आग्रह गरिएको थियो । उम्मेदवार, प्रस्तावक र सर्मथकको हकमा कारर्वाही फुकुवा गर्न यस जिल्ला कार्य समितिबाट केन्द्रमा सिफारिस गर्ने र निलम्वित एवंम राजीनामा दिएका साथीहरुको हकमा सवै कार्यवाही फुकुवा गर्नेे निर्णय भएको प्रवक्ता वाग्लेद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button