आदिकवि क्याम्पसमा ४२ युनिट रगत संकलन

मिलन तामाङ
दमौली, भदौ १६ । तनहुँको व्यास नगरपालिका १ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसको क्याम्पस को ३६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । क्याम्पसमा  गठित व्यवस्थापन विद्यार्थी सर्कल र क्षेत्रिय रक्तसञ्चार केन्द्र प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान  कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष ब्रहमादत्त तिमिल्सेनाले पहिलो रक्तदाता बिबिएस दोस्रो बर्ष अध्धयनरत विकल श्रेष्ठलाई व्लड व्याग हस्तान्तरण गर्दै रगतको विकल्प नभएको हुँदा रक्तदानमा सहभागि बन्न युवा वर्गलाई आव्हान गर्नुभयो ।
“रगत दिएर मरिन्न, रगत नपाए मरिन्छ’’ भन्ने मूल नारा सहित क्याम्पसको प्राङ्गणमा बिहिवार आयोजित खुला रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेको सर्कलका सचिव सुमन खड्काले जानकारी दिनुभयो  । सर्कलका अध्यक्ष दिनेश बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खले,सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी र सागर पौडेल , व्यवस्थापन विभाग प्रमुख रामभक्त घिमिरे, व्यास नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष गौरव पन्थ, युथ काङ्रेस नेपालका महामन्त्री राजेश कुमार श्रेष्ठ, नेविसंघ क्याम्पस इकाइका अध्यक्ष सुदर्शन पोख्रेल, आदिकवि नेपाली सिर्जनशील मञ्च अध्यक्ष सन्दिप सुनार , यु.रे.स आदिकविका निवर्तमान अध्यक्ष सन्देश अधिकारी, आदिकवि अतिरिक्त क्रियाकलाप समितिका सदस्य प्रवेशचन्द ठकुरी लगायत रक्तदाताहरुको उपस्थिति रहेको थियो । भदौ १८ गते वार्षिकोत्सवको दिन नृत्य प्रतियोगिता समेत गरिने क्याम्पसले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button