बन्दीपुर गाउँपालिकाको प्रशंसनीय कार्य

तनहुँको पुरानो सदरमुकाम बन्दीपुर स्थित बन्दीपुर अस्पतालमा ढिलै भएपनि आँखा उपचार सेवा सञ्चालनमा आएको छ ।  आँखा उपचार सेवा सुरु गरिएपछि उपचारमा सहज हुने देखिएको छ । ४० वर्ष कटेपछि प्रायजसो मानिसहरुको आँखा कमजोर हुँदै जान्छ । त्यसो त कलिलै उमेरमा पनि आँखा कमजोर हुने गरेको पाइन्छ । विद्युीय सामग्रीले गर्दा पनि आँखाको ज्योतिलाई समस्यामा पार्ने भएकाले पनि आँखाका विरामीहरु धेरै हुने गर्दछन् । आँखाका विरामी बढ्दै गइरहेको बेला  विभिन्न समस्याले गर्दा  आँखाको उपचार गराउन टाढा धाउनु पर्ने बाध्यतामा रहेकोमा हालै स्थानीय स्तरमै उपचार केन्द्रको स्थापना भएपछि गाउँमै सेवा पाइने आशामा रहेका विरामीको उपचार प्रभावकारी बनाइनु पर्दछ । यस अघि बन्दीपुरबासीहरु स्थानीयवासीहरु आँखाको उपचाको लागि सदरमुकाम दमौली, पोखरा, चितवन जानुपर्ने बाध्यतामा हट्नु खुसीको कुरा हो ।
हिमालय आँखा अस्पताल घारीपाटन पोखरा र पाइस नेपालको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको बतार्ईएको छ । आँखा उपचार सेवा सञ्चालनको पहलकदमी गर्ने कार्यको लागि गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा लगायत जनप्रतिधि प्रशंसाका पात्र हुनुहुन्छ । अस्पतालका अनुसार अप्रेसन कक्ष भएकोले पोखराबाट चिकित्सक मगाएर उपचार प्रदान गरिने भनिएको छ यो पनि राम्रो कुरा हो । भविश्यमा आँखाको नियमित शल्यक्रियाको प्रबन्ध गर्ने, चस्मा बनाउने जस्ता कार्यमा पनि ध्यान दिनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button