कोरोना राहत कोषमा सुर्य नेपालको ५० लाख

दमौली खबर संवाददाता
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नंं ७ स्थित सेराटारमा अवस्थित बहुराष्ट्रिय सुर्य नेपाल प्रालिले जिल्लाका दुई स्थानिय पालिकालाको कोरोना राहत कोषमा ५० लाख रुपैया सहयोग गरेको छ । कम्पनीले शुक्लागण्डकी नगरपालिकाको कोरोना राहत कोषमा ३० लाख र म्याग्दे गाँउपालिकको कोरोना राहत कोषमा २० लाख रुपैया सहयोग गरेको छ । कम्पनीका कारखाना व्यवस्थापक बाबुराम कार्कीले शुक्लागण्डकीका मेयर किसान गुरुङ र उपमेयर सविता रसाईलीलाई सो रकम बराबरको चेक प्रदान गरेका हुन् । सो अवसरमा नगरका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, कम्पनीका मानव संसाधन प्रमुख अन्जन दुवाडी लगायतको सहभागिता रहेको थियो ।

मेयर गुरुङले सहयोग रकम उचित ठाउँमा उपयोग गरिने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै कम्पनीले म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानालाई पनि २० लाख रुपैया प्रदान गरेका छ । कम्पनीले एक वर्षअघि शुक्लागण्डकी कोरोना राहत कोषमा १० लाख रुपैया सहयोग गरेको थियो । साथै सात वटै प्रदेशमा एक–एक करोड प्रदान गरेको थियो । सूर्य नेपाल प्रा.लि.ले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको कारखाना व्यवस्थापक कार्कीले बताए ।

कम्पनिले गत वर्ष म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो । कोभिड–१९ को रोकथाम तथा उपचारको लागि यस क्षेत्रका बिभिन्न अस्पतालहरु तथा स्थानिय बासीहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरी कोभिड–१९ को महामारी बिरुद्ध लड्न सहयोग गर्दै आईरहेको उनले जानकारी दिए । सिमरामा मुख्य कारखाना रहेको सुर्य नेपालले शुक्लागण्डकीमा २०७१ सालमा उद्योग सञ्चालन गरिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button