राप्रपा नेपाल तनहुँको पुर्नगठन अध्यक्षमा विजयकुमार शाही चयन

बिन्जु अधिकारी
दमौली, भदौ ९ । राप्रपा नेपाल जिल्ला कार्य समिति तनहुँले विजयकुमार शाहीको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ  ।  जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेलले मंगलबार राजिनामा दिएपछि बिहीबार गरिएको पुर्न गठनले शाहीलाई सर्व सम्मत चयन गरेको हो ।
     पुर्न गठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा मेजर सोमबहादुर गुरुङ, उपाध्यक्षद्धयमा खुसीराम घले, अमृतबहादुर कुँवर चयन हुनु भएको छ । सचिवद्धयमा नारायणप्रसाद खनाल र सुरेश थापा, कोषाध्यक्षमा कृष्णकुमारी रानाभाट र सचिविमा पूर्णबहादुर ठकुरी चयन हुनु भएको छ । सदस्यहरुमा मिना थापा, शेरबहादुर गुरुङ, दीर्घबहादुर थापा, प्रेमबहादुर क्षत्री, लालबहादुर गुरुङ, कृष्णबहादुर क्षत्री, उमा थापा, कुशल गुुरुङ, पदमबहादुर क्षत्री र इन्द्रबहादुर सुनार रहनु भएको छ । अध्यक्षमा निर्वाचित शाहीले भ्रष्ट्राचार, महंगीका विरुद्धमा सधैं आवाज उठाउने र एकता नै बल भएकोले सामुहिक जिम्मेवारी लिएर पार्टीलाई अगाडी बढाउने बताउनुभयो । अध्यक्षमा निर्वाचित शाही अधिवक्ता हुनुहुन्छ । लामो समय देखि उहाँले दमौलीमा कानुन व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल व्यूताउनु भएको थियो ।

राप्रपा नेपालद्धारा समवेदना प्रकट

राप्रपा नेपाल जिल्ला कार्य समिति तनहुँले राप्रपा तनहुँका पूर्व अध्यक्ष तथा शताब्दी पुरुष भिमबहादुर बस्नेतको निधन प्रति दुःख व्यक्त गरेको छ । बिहीबार शोक विज्ञप्ती प्रकाशित गरी दुःख व्यक्त गरिएको हो ।

     अध्यक्ष विजयकुमार शाही र सचिव नारायणप्रसा खनालद्धारा जारी विज्ञप्तीमा १०१ वर्षको उमेर निधन भएकोमा गहिरो शोक व्यक्त गरिएको छ । उहाँको निधनले पार्टीलाई अपुरणीय क्षती भएको उल्लेख गरिएको छ । शोकसन्तप्त परिवारजनमा तथा इष्टमित्रहरुमा धर्यधारणा गर्ने शक्ति प्रदान गरुन् भनि समवेदना प्रकट गरिएको छ । व्यास नगरपालिका–१ भादगाउँ निवासी बस्नेतको साउन १४ गते निधन भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button