कृषि यन्त्रको प्रयोगमा आकर्षित हुँदै किसान

दमौली खबर संवाददाता
साउन २९, दमौली । कृषिमा यान्त्रिकरण भएपछि तनहुँमा अधिकांश किसानको बाली उत्पादनमा बृद्धि भएको छ । परम्परागतरुपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोग गरेर आम्दानीमा बृद्धि गरेको यहाँको किसानको भनाइ छ । किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रिकीकरणतर्फ किसानको आकर्षण भएको देखिन्छ । दुई वर्ष अघि सम्म व्यास ६ साँगेका विष्णुकुमार श्रेष्ठले परम्परागत रुपमा गोरुको प्रयोगबाट खेत जोत्ने गरेका थिए । तर अहिले उनले जोत्नका लागि गोरुको ठाँउमा (पावर टिलर) को प्रयोग गर्न थालेका छन् ।

‘कम श्रममा एकै पटक धेरै खेत जोत्न सकिने भएपछि गोरु बेचेर पावर टिलर खरिद गरेको हुँ । गोरु पाल्नका लागि घरका अरु सदस्यले घाँस काट्ने, खुवाउने र चराउने कार्यका लागि खट्नुपथ्र्यो।’ उनले अघि भने, ‘पावरटिलर खरिद गरेपछि गोरुलाई जस्तो स्याहारसुसार गर्नु परेको छैन। गोरुलाई स्याहार गर्ने मान्छेले खेतीमा समय दिन पाइएको छ।’ चार हल गोरुले एक विघा खेत जोत्न कम्तिमा चार दिन लाग्थ्यो। पावर टिलरको प्रयोग गर्न थालेपछि चार दिनको काम दुई घण्टामा पूरा भएको छ । गाँउघरका खेतवारी जोतेर आम्दानी हुने गरेको छ, अहिले आफुसँग कर्न सेलर, पावर टिलर, रिपरलगायतका यन्त्र रहेको उनले बताए । म्याग्दे ३ गुणादीका कृष्ण खनालले विगत तीन वर्षदेखि पावर टिलरले खेत जोतिरहेका छन् । उनले जोत्ने गरेको पावरटिलर अनुदानमै ल्याएका हुन् ।

पावरटिलरले जोतेको माटो मसिनो र एकनासले जोतिने भएकाले रोप्ने रोपारालाई सजिलो हुन्छ, मेलो सर्छ उत्पादन पनि धेरै हुन्छ । धान, गहुँ लगायतका बाली भित्राउँदा विगतमा जनशक्ति परिचालन गरी बाली भित्याउनुपथ्र्यो । चुट्न गोरुको सहायताले दाइँ हाल्नु पर्ने हुन्थ्यो खेतबाट खलियानमा ल्याउन र खलियानमा ल्याएको बाली घरमा भित्राउनका लागि एक महिना कुर्नुपथ्र्यो । खेतमै पावरटिलर, ट्रयाक्टरमा ट्राली जोडेर खलियानसम्म बाली ल्याउन सजिलो भएको छ। यन्त्रमा रिपर जडान गरेर धान गहँु दाउन थ्रेसरको सहायताले छिटो काम हुन थालेको खनाले बताए । विगतका समयमा कृषि कार्य गर्दा खेतलाको सहयोग लिदा धेरै खर्च हुन्थ्यो, अहिले कम खर्चमा काम हुने गरेको उनको भनाई छ ।

‘पछिल्लो समयमा खेतला पनि नपाइने भएकाले यन्त्रको प्रयोग गरेर खेती गर्दा कम लागतमा कृषिको उत्पादन लिन सकिने भएको छ । समयको सदुपयोगको साथै खर्च पनि कम हुने भएको छ । अब धान रोप्ने यन्त्र पनि ल्याउने सोचाइमा छु’– उनले भने । बन्दिपूर ५ याम्पाफाँटकी बिनिता तिवारीले पहिले घरपरिवारले खानलाई मात्र खेती गर्दै आएकोमा कृषिमा सहयोग पुगोस् भनेर पावरटिलर अनुदानमा पाएपछि व्यावसायिक तरकारी खेती गरेको बताईन् । उनले भनिन् ‘यन्त्रको प्रयोग भएपछि काममा सजिलो भएको छ, गोडमेल गर्न खेतला खोज्नु परेको छैन।’

उनले थोरै समयमा धेरै खेती हुने र सजिलो पनि भएको बताईन् । गाउँमा व्यावसायिक खेती गर्ने धेरै जसोले परम्परागतरुपमा जोत्दै आएको हलोको साटोमा यन्त्रको प्रयोग गरेकोले सबैलाई खेती गर्न सजिलो भएको छ । अहिले यान्त्रिक हलो प्रयोग गर्न थालेपछि गाँउघरमा व्यावसायिक खेती गर्नेको संख्या बढेको उनले बताईन् । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले व्यावसायिक किसानलाई छनोट गरी उत्पादकत्व बढाउन सहयोग पुगोस् भनेर अनुदानमा कृषियन्त्र वितरण गर्न थालेको बताए । उनले भने, ‘किसानलाई आवश्यक परेको औजार माग गर्न सूचना जारी गर्छौं, सोही सूचनालाई आधार मानेर मेसिनहरु माग गरे अनुसार प्रक्रिया पु¥याएर कृषि यन्त्र वितरण गर्ने गरेका छौ त्यसमध्ये कम लागत पर्ने भएको र साना व्यावसायिक किसानले किन्न सक्ने भएकाले अनुदानमा पावरटिलरको माग गर्ने किसानको संख्या धेरै छ ।

कृषिकार्यका लागि किसानले पावरटिलर औजारको प्रयोग गर्न थालेपछि आम्दानीमा बृद्धि भएको र समयको बचत भएको उनले बताए । गएको आर्थिक वर्ष ७७÷७८ मा २०० सय हाते ट्याक्टर, २० कोदो चुत्ट्ने मेशिन, १० वटा खाल्टा खन्ने मेशिन १०० वटा आधुनिक विषादी छर्ने मेशिन र १०० वटा घाँस काट्ने मेशिन वितरण गरिएको उनले बताए । त्यस्तै पछिल्लो समयमा स्थानीय सरकारले पनि यसको व्यवस्थापन गरे सँगै कृषिमा व्यावसायीकरण हुदै आधुनिक कृषियन्त्रको प्रयोग हुन थालेको छ । स्थानीय सरकारलाई अधिकार दिए पछि पछिल्लो समयमा तनहुँका दशवटै पलिकाका स्थानीय सरकारले किसानलाई प्रक्रिया पु¥याएर कृषियन्त्र वितरणको काम थालेका छन् । पछिल्लो समय जिल्लाका किसानहरु प्रविधिको प्रयोग गर्दै कृषिमा यान्त्रिकीकरण तर्फ आकर्षित हुँदै गएको पाइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button