प्रदेश सभामा १५ गते मतदान, जोगिएला त मुख्यमन्त्री गुरुङको पद ?

दमौली खबर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव आज सोमबार विशेष अधिवेशनमा पेश हुने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने निर्णय गरेको हो । आजदेखि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । र, पहिलो दिन नै अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यतालिका तय भएको छ । आज सबै दलका नेताहरुले आफ्नो कुरा राख्नेछन् भने मंगलबार पनि पुनः यसै विषयमा छलफल हुने जनाइएको छ ।

बुधबार अर्थात् बैठकको तेस्रो दिन भने मुख्यमन्त्रीको पक्ष र विपक्षमा मतदान हुने कार्यसूची तय भएको बताइएको छ । कर्णाली प्रदेश सरकारमा जस्तै गण्डकी प्रदेशमा एमालेकै नेताहरुले फ्लोर क्रस गरे मुख्यमन्त्री गुरुङको पद जानेछ । ६० सदस्यीय रहेको प्रदेश सभामा बहुमत ल्याउन मुख्यमन्त्री गुरुङले ३१ मत प्रदान गर्नुपर्ने हुन्छ । हाल प्रदेश सभामा एमालेका २७ सांसद रहेका छन् । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२, नयाँ शक्ति नेपालका २, राष्ट्रिय जनमोर्चा २, र स्वतन्त्र २ रहेका छन् । जसमध्ये २८ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेका छन् । जनमोर्चाले अविश्वासको प्रस्तावमा साथ दिने बताए पनि तत्काल हस्ताक्षर गरेको छैन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button