देवघाट–ठिमुरा जोड्ने भत्किएको पुलबाट त्रिशूलीमा खस्दा १को मृत्यु

दमौली खबर संवाददाता

तनहुँको देवघाटबाट भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने पुलको काम गर्ने क्रममा त्रिशूलीमा खसेर एक जना मजदूरको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । काम गरिरहेका करिब एक दर्जन मजदुर त्रिशूलीमा खस्दा एकको घटनास्थलबाट उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

घटनामा परि दुई जना बेपत्ता भएका छन् । तीन जना मजदुरको भने सकुसल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । आइतबार बिहान ९ बजेतिर पुलमा काम गरिरहेका फलामसहित मजदुर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएका र फलामले च्यापिएका तीन जनाको सकुसल उद्दार गरिएको र उद्दार गरिएकालाई भरतपुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको एसपी अधिकारीले जानकारी दिए । बेपत्ताको खोजी थालिएको एसपी अधिकारीले बताए ।

यता, डिभिजन सडक कार्यालय चितवनका प्रमुख कृष्णराज अधिकारीले फलामको काम गरिरहेका जलप नेपालका मजदुर नदीमा खसेको जानकारी दिए । पुल निर्माणमा खटिएका जलप नेपालका सञ्चालक ताराप्रसाद पौडेलले त्यहाँ आईतबार बिहानैदेखि १८ मजदुरले काम गरेको जानकारी दिए । देवघाट गाउँपालिका–५ घिनाटार र ठिमुरा जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ । त्यसोत, निर्माणाधीन उक्त पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button