जनप्रतिनिधीको सकरात्मक कदम

दमौली खबर संवाददाता

ट्याङ्कीमा शव भेटिएपछि काकाकुल बनेका म्याग्दे गाउँपालिका–४ पिपलटारका बासिन्दाको खानेपानी समस्या समाधानको लागि जनप्रतिनिधीले चालेको कदम सकरात्मक छ । तनहुँ क्षेत्र नम्बर–२ का प्रतिनिधी सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङकर भण्डारी, म्याग्दे गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधी समस्या समाधानको लागि तुरुन्त कदम चालेको स्थानीयले राहतको महशुस गरेका छन् । सांसद भण्डारीले बैकल्पिक व्यवस्थापन गर्न निर्देशन दिएसँगै उहाँकै पहलमा सो स्थानमा सञ्चालित पिपलटार खानेपानी आयोजनाका लागि तीन लाख ७० हजार बराबरको खानेपानीको पाईप उपलब्ध गराईएको छ । धेरै जनताले उपभोग गर्ने खानेपानी आयोजनाको ट्याङ्कीमा आईतबार महिलाको शव भेटिए स्थानीय काकाकुल बनेका छन् । वैकल्पिक ढङ्गले खानेपानीको व्यवस्था गर्न उक्त खानेपानीको पाईप उपलब्ध भई काम अघि बढेको छ । सांसद भण्डारीले गण्डकी प्रदेशका खानेपानी मन्त्रालयका सचिव डा.सन्तोष कैनीलाई टेलिफोन गरि पाईपको व्यवस्था गर्न निर्देशन गरी जनप्रतिनिधीको भूमिका निर्वाह गर्नु भएको छ । यसैगरी पालिकालकाको टिम पनि लागि परेर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मार्फत पाईप उपलब्ध गराईएको छ । जनप्रतिनिधी भनेको दुःखमा काम लाग्ने हुनु पर्दछ । खानेपानीको पाईप उपलब्ध भए सगै स्थानीय एक सय ३८ घर परिवार लाभान्वित हुने भएका छन् । ८ वटा स्थानमा सार्वजानिक धारा राखेर पानी वितरण गर्ने गरी काम भईरहनु मलमपट्टी लगाउने कार्य हो । तत्कालको लागि खानेपानीको समस्या समाधान गर्न दुई हजार लिटर क्षमता ४ वटा पानी ट्याङ्की राखेर वितरण सार्वजानिक धाराबाट वितरण गर्ने गरी काम अघि बढ्नु खुसीको कुरा हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button