आँबुखैरेनीको आम डाँडामा पुल बनेपछि स्थानीय खुसी

दमौली खबर संवाददाता

दमौली, चैत १६

जिल्लाको आबुखैरेनी गाउँपालिका–४ स्थित आमडाँडा स्थित खस्राङमा रहेको आधीखोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण पुरा भएपछि स्थानीय खुसी भएका छन् । खोलामाथी पुल निर्माण भएपछि आवत जावतमा सहज भएपछि खुसी भएका हुन् । पुल बन्नु अघि स्थानीय वासिन्दा जोखिम मोलेर खोला तर्न बाध्य थिए ।

पुलको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले मंगलबार एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो । पुल निर्माण पश्चात सर्वसाधारण नागरिकहरुलाई आवतजावतमा सहज हुने भएकोले संरक्षणमा ध्यान दिनुपर्ने अध्यक्ष चुमानले बताउनुभयो ।

कादूरी एग्रिकल्चरल एड एशोसिएशन ब्रिटिस गोर्खाज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । कादूरीको ७७ लाख ११ हजार पाँच सय १९ र उपभोक्ताहरुको तर्फबाट श्रमदान रु.एक लाख त्रिपन्न हजार गरी कूल रु.अठ्हत्तर लाख चौसठ्ठी हजार पाँच सय उन्नाइसको लागतमा पुल निर्माण गरिएको हो ।

विसं २०७७ असोज १५ सर्वेक्षण गरी ०७९ कार्तिक १७ मा योजनाको निर्माण कार्य शुरु गरी ०७९ फागुन १८ गते सम्पन्न भएको आँधीखोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण योजनाका अध्यक्ष इनबहादुर गुरुङले जानकारी दिनुभयो ।

८६ मीटर लामो दुरीको उक्त पुल निर्माण पछि त्यसक्षेत्रका करिब एक हजार भन्दा बढी जनसङ्ख्या लाभान्वित हुने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उक्त स्थानमा पुल नहुँदा सर्वसाधारणहरुले कठिन यात्रा गर्दै आएकोमा आउँदा दिनमा सहज हुने बिश्वास गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button