नेपाल नाई संघ तनहुँको सातौं अधिवेशन सम्पन्न

दमौली खबर संवाददाता

दमौली, माघ २८

नेपाली कांग्रेस निकट नेपाल नाई संघ तनहुँको दमौलीमा शनिवार सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

उक्त अधिवेशनले महमद मोबिन आलमको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य समिति सर्व सम्बत चयन गरिएको छ । समितिको उपाध्यक्षमा राज महमद मिया, सचिवमा अजर ठाकुर, उपसचिवमा मो ओजीर, कोषाध्यक्षमाा मो इन्द्रिस रहेका छन् । त्यसैगरी सदस्यमा मो रियायत, मो इनुस र वरिष्ठ सल्लाहकारमा सत्रोहन ठाकुर रहेका छन् भने सल्लाहकारमा नसीव मिया रहेका छन् । यस अघि उक्त अधिवेशनको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा न्यौपानेले नाईलाई परेका अप्ठ्याराहरुको साथ दिएर समाधानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, नेपाली कांग्रेसका महासमिति सदस्य उदयराज गौली, नेपाली कांग्रेस व्यास नगर सभापति सुर्यचन्द्र हड्खले, नेपाल ट्रेड युनियन तनहुँका कार्यवाहक सभापति लोकराज सेढाई लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो । त्यस अवसरमा नेपाल नाई संघ तनहुँको सभापति मोहमद रमजन तथा नेपाल टे«ड युनियन तनहुँका निवर्तमान सभापति सुर्यचन्द्र हड्खलेलाई दोसल्ला ओढाई र सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button