कोभिड संक्रमितलाई फोकल पर्सनको उत्साह


दमौली खबर संवाददाता
साउन १५, दमौली ।
घर अगाडी पुगेपछि ट्रिट ट्रिट स्कुटरको हर्न बज्यो । भित्रबाट सेतै फुलेका पाका मानिस निस्कीए । उनले दोस्रो तल्लाको बार्दली देखि हत्केलाले आँखा माथिबाट छेलिदै सडकमा च्याएर हेरे । केही साता अघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनि होमआईशोलेसनमा बस्दै आएका छन् । होम आईशोलेसनमा बसेका ती संक्रमितलाई सान्तवना दिन दुई÷तीन दिनको फरकमा त्यसरी स्कुटरमा आउने गर्छिन् व्यास १० सेवरकी सरिता बोटे । ती संक्रमितको अवस्था सोध्दै सरिताले भनिन्, ‘अहिले केही चिजको समस्या त छैननी ?,केही आवश्यक परे भन्नु है, हामी छौं । डराउनु पदैन ।’ यति कुरा कुरा गरेपछि ती वृद्धको अनुहार अलिक उज्यालो भयो ।

भित्रैबाट सान्वना महशुस गदै ती वृद्धले भने,‘अहिलेले केही पनि समस्या देखिएको छैन । ज्वरो पनि हटेको छ । सायद अब छिटै निको हुन्छु होला ।’त्यो घरमा यसअघि पनि धेरै पटक सरिता पुग्ने गर्थिन् । उनलाई व्यास नगरपालिकाले होम आईशोलेसनमा बसेकालाई परार्मश दिनको लागि व्यास १० को कोभिड फोर्कलपर्सन तोकेको हो । होम आईशोलेसनमा रहेका संक्रमितको अवस्था बुझन जाँदा उनलाई नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखाले पनि सहयोग गर्दछ । टोलीले संक्रमितलाई सान्तवना मात्र होईन मास्क–सेनिटाइजर र पोषिलो खानेकुरा पनि दिने गरेको छ ।

सरिताले भनिन्,‘कोभिड–१९ ले निम्त्याउने खतरा अवस्था त छँदैछ, तैपनि सामान्य लक्षण हुँदा पनि संक्रमित भइसकेपछि मानिस आत्तिने गर्छन्,’ उनले अघि भनिन्, ‘दुम्सीकोट रेडक्रस उपशाखाको सहयोगमा संक्रमितलाई पोषिलो खानेकुरा पनि दिने गरिन्छ ं।’ संक्रमितलाई सुप, एक बट्टा चेवनप्रास, १५ दिनका लागि पुग्ने भिटामिन सी र भिटामिन बी उपलब्ध गराउने गरिएको उनले बताइन्। त्यसरी नै उक्त टिम अर्को घरमा हर्न बजाउन पुगे । त्यहाँ एक संक्रमित महिला बार्दली भएको गमलामा एक्लै बसेकी थिईन् । एक पटक हर्न बजाएपछि ती महिलाले तल हेरिन् । मुसुक्क हाँस्दै सरिताले ती महिलालाई भनिन्,‘ठिक छ नी अहिले त ?’, उनले थपिन्,अत्यायो नि बेस्सैगरि यति भनेपछि ती महिलाले हजुर, हजुर भन्दै जवाफको उत्तर दिईन् ।

केहि परे मलाई भन्नु होला कत्ति आत्तिनुहोला भन्दै सरिता अघि बढिन् । त्यस्तै चलिरहेको छ सरिताको हिजोआजको दैनिकी । सरिता जस्तै व्यासका १४ वटै वडामा नगरपालिकाले कोभिड फोर्कलपर्सन खटाएको छ । व्यास नगरपालिका भित्र हाल एक सय ५२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । एक सय ४२ जना होम आईशोलेसनमा रहेका छन् । उनिहरु सबैजसो नगरपालिकाले खटाएको स्वास्थ्यकर्मीहरुका निगरानीमा छन् । नगरपालिकाले कोभिड फोर्कल पर्सनकासम्पर्क नम्बर सहित सार्वजनिक गरेर फिल्डमा पठाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button