देवघाटमा बाँदर आतंकःभान्छाको खाना पनि रहदैनन्

तनहुँ, चितवन र नवलपुरको संगममा रहेको प्रसिद्ध तिर्थस्थल देवघाटधाम आसपासका पसलमा बेच्न राखिएका सामाग्री तारबारले घेरेर राखिएको छ । होटलमा बनेका परिकार पनि तारजाली भित्र सुरक्षित देखिन्छ । यति मात्रै कहाँ हो र ? घरको भान्छा कोठा र हुनेखानेको घर आँगन पुरै बन्द हुने गरी चाबी लगाईएको छ । भक्तजनहरुको ठुलो भिड लाग्ने यहाँ आश्रमका बन्द कोठामा भजनकिर्तन हुन्छ । चोरी हुनबाट जोगाउनलाई यसो गरिएको धेरैको अनुमान होला । चोरी हुनबाट जोगाउन त हो । तर, मान्छेबाट नभइ बाँदरबाट हो । देवघाटमा आसपासका क्षेत्रमा बाँदरको आतंक छ ।

बाँदरको आतंकले हैरान भएको यहाँकी राधा पौडेल बताउँछिन् । ‘घरमा उत्पादन भएको त कुरै छाडौँ । बजारबाट किनेर ल्याएका चिज पनि बाँदरबाट जोगाउन मुस्किल छ’, उनले भनिन्, ‘केटाकेटीले घर बाहिर बसेर केही खान पाउदैनन् । हातैमा खोस्न आउँछ बाँदरले ।’ होटल तथा पसलमा विक्रीका लागी झुण्डाएर राखिएको सरसामान पनि बाँदरले लैजाने गरेकाले तार जालिभित्र लुकाइ सुरक्षित राख्नुपरेको एक जना व्यवसायी सिता न्यौपानेको भनाई छ । उनका अनुसार पछिल्ला केही बर्षयता बाँदर आतंक धेरै बढेको छ । ‘कहिलेकाही त पकाएर राखेको खाना पनि रहन्न’, उनले भनिन् । खाना पकाएको भाँडो रुखको टुप्पोमा बाँदर लैजाने गरेको स्थानियहरुले गुनासो गरे । खेतबारीमा लगाएको अन्नवाली थन्क्याउन पाउने आश नै हुदैन् । देवघाट क्षेत्रका बाँदर निकै चनाखो भएको स्थानिय सुनाउँछन् । बाँदरको हैरानी स्थानियले मात्रै खेप्नु परेको छैन् । पछिल्लो समय त देवघाट धाममा आउजाउ गर्ने भक्तजन पनि आजित छन् ।

यहाँ आउदाँ झोलमा रहेको खाने कुरा बादरले खोसेर खाइदिन्छ । अझ देवघाटका आश्रममा आश्रित बृद्धबृद्धाहरु पनि पिडित बनेका छन् । हातमा केही बस्तु बोकेर हिँड्दा बाँदरले पिछा गर्ने र आश्रममा बस्दै आएकालाई चिर्थोने गरेको वृद्धा राधिका उप्रेती बताउँछिन् । कल्पबास बस्दै आएका वृद्धहरुको कुटीमा नै पुगेर बाँदरले बितण्डा मच्चाउँदै आएको उनले सुनाइन । घरमा बस्दा मात्रै नभएर नदीमा स्नान गर्न जाँदा समेत बाँदरले सताएको उनको भनाई छ । देवघाटको बाँदर नियन्त्रणको लागि बाँदर पार्क बनाएर राख्ने वा स्थानान्तरण गर्ने योजना सहितको फाइल मन्त्रालयमा पु¥याएको गाँउपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।

उनले भने, ‘बाँदर नियन्त्रण गर्ने प्रयासहरु नभएका होइनन् । असफल भयौँ । लखेटेको बाँदर फेरी फर्किएर आउने गरेको पाइयो ।’ उनका अघिल्लो आर्थिक बर्षमा गाउँपालिकाले बाँदर नियन्त्रण गर्न ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । हर प्रयास गर्दा असफल भएको अध्यक्ष थापाको भनाई । उनले भने, ‘छिटै बाँदर पार्क बनाउने योजनामा गाउँपालिका छ । संघ सरकारसँग समन्वय गरि बाँदरको संरक्षण गर्दै गाउँवासीको हैरानीलाई दुर गराउँछौ ।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button