पार्टीको निर्णयलाई मैले स्वीकार गरेको छैन: नेता जोशी

कारबाही फिर्ता नलिए जोशी निकट कार्यकर्ताले सदस्यता नवीकरण नगर्ने

दमौली

नेपाली कांगे्रसका पूर्व सह–महामन्त्री एवंम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीले पार्टीको अनुशासन समितिको निर्णय आफुले स्वीकार नगरेको बताएका छन् । सोमबार दमौलीको सन्तोष होटलमा विपि विचार समाज जिल्ला कार्य समिति तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा भर्चुअल मार्फत नेता जोशीले उक्त कुरा बताएका हुन् । उनले भने, “केन्द्रिय अनुशासन समितिले निर्णय गरेर मलाई पाँच बर्षका लागि पार्टीबाट निष्काशन गर्ने जुन निर्णय ग¥यो त्यो निर्णय मैले स्वीकार्न सक्दिन”। अनुशासन समितिले निर्णय गरेको उक्त कुरा पूर्वाग्राही र अलोकतान्त्रिक भएको हुनाले आफुलाई स्वीकार नगरेको उनले बताए । उनले भने, “ रामचन्द्र पौडेलले अनेक जालझेल गरि पार्टी सिधाउने सोच तर्फ रहेको छ । ” नेता पौडलले विभिन्न रिसिईभिलाई विभिन्न आरोप लगाई आफुलाई पार्टी बाट निकालेको उनको भनाई छ । उनले भने, “ आफु भन्दा जुनियर रहेको पौडलले पार्टी बाट मलाई निकाल्न ठूलो खेल खेले । ”आफुं माथि अन्याय भएको दावि गर्दै उनले पार्टीले जुन मुद्धालाई देखाएर आफुलाई पार्टीबाट निष्काशन गर्ने निर्णय ग¥यो त्यो अत्यन्तै अव्यवहारिक भएको बताए ।

 

कारबाही फिर्ता नलिए जोशी निकट कार्यकर्ताले सदस्यता नवीकरण नगर्ने

पार्टीको केन्द्रिय अनुशासन समितिले गरेको निर्णय फिर्ता नलिएमा तनहुँका जोशी निकट कांग्रेस कार्यकर्ताले सदस्यता नविकरण नगर्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा जोशी निकटका कार्यकर्ताले उक्त कुराको निर्णय गरेका हुन् । नेपाली काँगे्रसको केन्द्रिय अनुशासन समितिले नेता जोशीलाई पाँच वर्ष सम्म पार्टीबाट निकालेरको विरुद्ध गदै उनका निकटका कार्यकर्ताले उक्त निर्णय गरेका हुन् । काँगे्रसको महाअधिवेशन प्रतिनिधि चिनु पोख्ररेलले नेता जोशी माथि लागेको कारबाही सच्याउनु पर्ने भन्दै कारबाही फिर्ता नगरेमा सामुहिक राजिनामा दिने बताएकी हुन् ।उनले भनिन्,“ नेता जोशी माथि लागेको कारबाही तत्काल नसच्चाएमा, काँग्रेसको क्रियाशिल सदस्यता नवीकरण गर्दैनौ, हामी सबैले सामुहिक रुपमा राजिनामा दिनेछौं । ” जिल्लामा रहेको प्रत्येक स्थानिय तहको वडामा जोशी निकट झन्डै पचास प्रतिशत क्रियाशिल सदस्यता रहको उनको दाबी छ । त्यस्तै विपि विचार समाज गण्डकी प्रदेशका सचिव परशुराम गिरीले नेता जोशीको कारवाहीबाट नेपाली काँग्रेस तनहुँको संगठन ध्वस्त भै कहिल्यै माथि उठ्न नसक्ने दाबी गरे । उनले भने, “पार्टीले गरेको कारबाहीको परिणाम भविष्यमा महँगो पर्नेछ ।तनहँुमा कागे्रस संगठन बनाएका नेता जोशीलाई पार्टीबाटै निकाल्नु नेता रामचन्द्र पौडेलको व्यक्तिगत स्वार्थ हो ” उनले भने “ नेता जोशीलाई निकाल्दा पार्टी सकिदै जान्छ, जसको जिम्मा नेता पौडेलले लिनु पर्छ । ” निर्वाचन भएको झन्डै तीन वर्ष पछि कारबाही गदाई महाअधिवेशन बाट हटाउने चाल भएको उनको आरोप छ ।

समाजका अध्यक्ष डिल्लीराम अधिकारीले जिल्लामा संगठन विस्तार र मजबुत बनाउन नेता जोशीको महत्वपुर्ण योगदान र भूमिका रहेको बताए । उनले भने, “१० जनाको सदस्यमा तनहँुमा जोशीले संगठन विस्तार गरेका हुन्, पार्टीले उनको योगदानको कदर गरेन । ” वि.स २०७४ सालमा भएको प्रतिनिधि सभाको चुनावमा असहयोग गरेको कारण देखाएर जोशीलाई पार्टीबाट निकाल्नुले लाखौँ कार्यकर्ताको कांग्रेसप्रतिको आस्थामा धक्का पुगेको अधिकारीले बताए । समाजका जिल्ला सचिव हरिशरण पण्डितले काँगे्रस बनाउने नेतालाई नै पार्टीमा नराख्नुको औचित्य नरहेको बताए ।

अनुशासन समितिमा पौडेलको आफ्नो मान्छे

काठमान्डौ

नेपाली कांग्रेसका केन्द्रीय अनुशासन समितिमा समितिको मान्छे फेर बदल भएको पाइएको छ । समितिका सदस्य कमला पन्तको ठाँउमा राम चन्द्र पौडेलले आफु निकट व्याक्ति धनराज गुरुङलाई राखेका हुन् । कांग्रस नेता धनराज गुरुङ कारबाहीमा परेका नेता हुन् । २०५७÷२०५८ सालमा रातो पासपोर्ट को दुरुपयोगमा तत्कालिन गृहमन्त्री गोविन्दराज जोशी कारबाही गरेका थिए । नेपाली कांग्रेसकै मान्छे भएकाले पार्टीले उनलाई कम करबाहीमा गर्न दबाद दिएको थियो । सोही राजनीतिक प्रतिसोधका कारण नेता जोशीलाई कारबाही गर्नको लागि पौैडेलले समितिका सदस्य कमला पन्तलाई हटाएर आफ्ना व्याक्ति धनराज गुरुङलाई अनुशासन समितिमा राखेका थिए । गोविन्दराज जोशीलाई कराबाही गरिएको बिज्ञप्तिमा धनराज गुरुङको समेत हस्ताक्षर रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button