जोशी र पौडेलको सम्बन्ध: पहिलो भेटदेखि आजसम्म सधैं बेमेल

दमैली
तनहुँको भानु नगरपालिका– ११, रूपाकोटमा जम्मिएका गोविन्दराज जोशी र तनहुँको व्यास–८ स्थित बाहुनपोखरामा जन्मिएका रामचन्द्र पौडेल एकै क्षेत्रका बासिन्दा हुन् । तर उनीहरूबीचको राजनीति सधैँ टकरावमा बितेको यहाँका कार्यकर्ता बताउँछन् । जोशी र पौडेल बीच सुरुदेखि नै सुमधुर सम्बन्ध भएको पाइँदैन ।

प्रायः एक कार्यक्रममा सँगसँगै बसे पनि कार्यकर्ताका लागि नौलो हुने गर्छ । त्यसैले जिल्लामा उनीहरु एकैठाँउमा नपर्ने गरी कायक्रम आयोजना गरिन्छ । २०२१ मा पहिलो पटक भेटवार्ता हुँदादेखि आफूहरुबीच सम्बन्ध राम्रो नभएको जोशीले दमौली खबरलाई बताएका छन् । पहिलो भेटमा नै पौडेलले आफुलाई अहङकारको भावनाले हर्ने गरेका बताए । जोशीले जिते आफु पछाडी परिने डर पौडेलमा शुरु देखिनै रहेको र पौडेलले आफु प्रति शुरुदेखी नै अन्याय गर्दै आएको जोशी बताउछन् ।

०२३ मा गण्डकी छात्र समितिको सभापति हुँदादेखि नै पौडेल आफूविरुद्ध लागिरहेको जोशीको जिकिर छ । पौडेलको विरोधका बाबजुद पनि त्यतिबेला आफूले सभापति जितेको उनले सुनाए । पौडेलले जेलमा हुँदा पनि आफूमाथि पूर्वाग्रही सोच पालेको जोशीले बताउछन् । ०२७ मा पौडेल र जोशी भद्रगोल जेलमा २५ दिन एउटै खाटमा सुतेका थिए । तर पौडेलले जेलमा परेकाहरूको सूचीमा पत्रिका निकाल्दा जोशीको नाममा नियतवस हटाएको सुनाए । जोशीका अनुसार त्यतिखेर त्रिभुवन विश्वविद्यालयबाट प्रकाशित ‘सङ्क्रान्ति’ पत्रिकाका सम्पादक पौडेल नै थिए ।

जेलको एउटै खाटमा सँगै सुतेर पनि पौडेलले आफ्नो नाम पत्रिकामा राख्नसमेत कन्जुस्याइँ देखाए पछि पौडेलले आफु प्रति अहङकारको भावना पालेको जोशीले पहिलो पटक महशुस गरे । झेलभित्र पनि खराब नियत रहेको जोशीको आरोप छ । तर जोशी र पौडेलको जेल बसाइ फेरि पनि सँगसँगै हुने गर्यो । पौडेल र जोशी ०२४ र ०२७ मा गरी भद्रगोल जेलमा दुई पटक सँगै बसेका थिए । जोशीका अनुसार ०३६ मा पोखरा जेलमा र ०४२ मा गोरखा जेलमा नौ–नौ महिना सँगै बसेका थिए । गृह जिल्ला तनहुँको दमौलीमा पनि धेरै पटक पौडेलसँगै जेल जीवन बिताएको जोशीले सुनाए ।

पौडेलले खराब नियतका कारण जेलभित्र पनि आफूहरुबीच सम्बन्ध समधुर बन्न नसकेको उनको बुझाइ छ । जोशीले आफुलाई भ्रष्टाचार मुद्दा लाग्नुमा पनि पौडेलकै हात रहेको आफू निकटस्थहरूलाई बताउने गरेका पाइन्छ ।

तर जोशीले पौडेललाई बेलाबखत साथ दिँदै आएको पनि पाइन्छ । संसदीय दलको नेताका लागि जोशीले पौडेललाई सघाएका थिए । राजनीतिको उत्तराद्र्धमा पौडेल र जोशी मिल्छन् भन्ने धेरैलाई आशा थियो । तर ०७० मा पौडेलकै कारण जोशीले टिकट नपाएपछि उनीहरुबीच फेरि दूरी बढ्यो । जोशीले आफुले पाउनु पर्ने टिकट पौडेलले ६० लाखमा अरुलाई बेचेको पनि जोशीको जिकिर छ ।

फेरि दुवै जना रोक छेकको रणनीतिमा उत्रिए । ०७२ मा भएको १३औँ महाधिवेशनमा जोशीले देउवालाई सघाउन पुगे । पार्टी सभापतिदेखि र प्रतिनिधिसभा चुनावमा पनि पराजित हुनुमा जोशीको पनि विशेष हात रहेको पौडेलको आरोप छ ।

पौडेलले त्यसको रिस ०७५ पुसमा सम्पन्न कांग्रेसको महासमिति बैठकमा जोशीलाई सहभागी हुनबाट वञ्चित गराएर पोखे । पौडेलले सभापति देउवालाई गोविन्दराज जोशीलाई महासमिति बैठकर्मा सहभागी गराए आफुले बैठक बहिस्कार गर्ने भन्दै बवाद दिए । सभापति देउवाले जोशीलाई फोन मार्फत बैठकमा नआउन आग्रह गर्दै र हप्ता दस दिनमा आफुले कुरा मिलाएर मिटिङमा बोलाउने बताए । त्यतिले पौडेल सन्तुष्ट हुन सकेनन् । काँग्रेसमा ४ दशक राजनीतिक जीवन बिताएका जोशीलाई ५ वर्षका लागि निष्काशित पनि गराए । यसमा पौडेलसँगै देउवाको पनि हात रहेको जोशीको दाबी छ । आफूमाथि यत्रो अन्याय हुँदा पार्टीका अन्य नेताहरु नबोल्नुले दुखित देखिन्छन् ।

एक अन्तर्वाता दिदै उनले भने, ‘शशांक कोइराला, शेखर कोइराला र सुजाताहरुका बाउका लागि मैले आफ्नो बाबुआमा नभनी जीवन हत्केलामा लिएर हिँडेको हो । उनीहरु किन चुप लागे ? यसमा म अरू धेरै बोल्ने पक्षमा छैन ।’

आफू राष्ट्रियता प्रजातन्त्र, बीपी कोइरालाप्रतिको आफ्नो निष्ठालाई कायम राख्दै अगाडि बढ्ने उनले बताए । उनले भने, ‘राजनीति यस्तै हो । सङ्घर्षमय हुन्छ अगाडि बढ्ने हो । अरू केही सोचेको छैन । यो शेरबहादुर र रामचन्द्रको दुवैको पूर्वाग्रह हो । उहाँहरु छुद्र मानसिकता भएका मान्छे हो ।’

निर्वाचन क्षेत्रको लफडा

साविक ३ वटा निर्वाचन क्षेत्र रहेको तनहुँ अहिले २ वटा निर्वाचन क्षेत्र भएको छ । ०४८ सालमा तनहुँ निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका पौडेल ०५१ को निर्वाचनदेखि तनहुँ २ नम्बर क्षेत्रबाट निर्वाचन लड्दै आएका छन् ।

विगतमा आफैले छाडेको क्षेत्र नं १ का अधिकांश भूभाग समेटिएको क्षेत्र नं २ को भूगोलमा पौडेल २४ वर्षपछि फर्कन ०७४ मा फर्किए । पौडेलले छाडेपछि विरासत नेता जोशीले सम्हाल्दै आएका थिए । जोशीले तनहुँ १ बाट ०५१ र ०५६ मा भएको संसदीय निर्वाचनमा जिते पनि ०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा उनी तेस्रो भए । १ नम्बर क्षेत्रमा आफ्नो हक दाबी राखेर २०७४ को सङ्घीय संसदको निर्वाचनमा जोशीले उम्मेदवारी घोषणा गरेका थिए । त्यसपछि पौडेलकै उजुरीमा उम्मेदवारी खारेजीमा प्रष्ट उभिएका पौडेलले जोशीमाथि पार्टीले पनि कारबाही हुनुपर्ने अड्डी कस्दै केन्द्रमा दवाब दिदै आएका थिए ।

कतिसम्म भने पौडेलले गत वर्ष २२ असारको केन्द्रीय समिति बैठकमा बहिष्कारको नीति लिएका पौडेलले जोशीलाई कारबाही गर्ने आश्वासन पाएपछि बैठकमा सहभागिता जनाएका थिए । तनहुँमा जोशीको अगुवाइमा बनेको समानान्तर काँग्रेसको सङ्गठनका विषयमा छानबिनको एजेन्डा पेस भएपछि उनी बैठकमा सहभागी भए थिए ।

जिल्लामा पौडेलको पेलानमा परेको भन्दै जोशीकै अगुवाइमा डिल्लीराम अधिकारीको नेतृत्वमा समानान्तर जिल्ला समिति नै गठन गरिएको थियो । पार्टीले त्यसलाई खारेज गर्न जोशीलाई आग्रह गरेपछि उनले सो समानान्तर समितिलाई खारेज गरेका छन् ।

जोशीको उम्मेदवारी खारेज र पौडेको योजना बिफल

कांग्रेस नेता जोशीलाई राजनीतिको चत्तुर खेलाडीको रुपमा हेरिने गरिन्छ । कुन कार्यकर्ता भुष र कुन कार्यकर्ता चामल हो भन्ने सजिलै छुट्याउने सामर्थ राख्ने जोशी राष्टिय राजनीतिमा धेरै समय होम्मिसकेका नेता हुन् । २०७४ को सङ्घीय संसदको निर्वाचनमा जोशीले उम्मेदवारी घोषणा गरेका थिए । उनले निर्वाचन आयोगमा स्वन्तत्र उम्मेदवारी समेत दर्ता गराएका थिए । बिहानको ठिक ११ बजे हजारौं कार्यकर्ताको साथमा उम्मेदवारी दर्ता गराएका जाशीलाई रोक्ने प्रयास समेत भएको थिए । पौडेलले ठिक ३ बजे निवार्चन आयोगमा उम्मेदवारी दर्ता गराएर काठमान्डौं हिडेका थिए । तर वन्दिपुर गाँउपालिका स्थित नाहालामा पुगिसकेका पौडेल फिर्किएर जोशी बिरुद्ध उम्मेदवारी खारेजीको उजुरी दिन दमौली स्थित निर्वाचान आयोगको कार्यलयमा पुगि उजुरी दिए र काठमान्डौं प्रस्थान गरे ।

पौडेलले जोशीको उम्मेदवारी खारेज गर्न विभिन्न र्शिष नेताहरुलाई भेट गरेका थिए । कसैबाट बाट पनि साथ नमिले पछि पौडेल भारतिय राजदुतको शरणमा पुगेको स्रोतको भनाई छ । नेपालका लागि तत्कालिन भारतिय राजदुत मन्जिभ सिंङ पुरीले तत्कालिन प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवललाई सम्पर्क गरि जोशीको उम्मेदवारी बैधानिक नभएको बताउदै उम्मेदवारी खारेज गर्न बवाद दिएका थिए । भोलि पल्ट जोशीको उम्मेदवारी खारेज गरिएको विभिन्न संचारमाध्यममा प्रकाशित भयो ।

तर नेता जोशी २०६४ सालको चुनाव लडिसकेका थियो । पौडेलको मनाषयमा जोशीले चुनाब लड्न पाउ भनी सर्वोच्चमा निवेदन दिन्छन् भन्ने थियो र सर्वोच्च निवेदन दिर्र्ई स्टे अर्डर जारी गर्न मिल्ने भन्दै सर्वोच्चका विभिन्न वकिलले जोशीलाई सम्र्पक गरेको स्रोत बताउछ । तर जोशीले निवेदन दिएनन् । उनले सो निवेदन दिएको भए सर्वोच्च अदालतले स्टे अर्डर जारी गर्नेथ्यो र तनहुँको चुनाव पछि धकेलिने थियो । देशभर चुनाव सकिसके पछि मात्रै तनहुँमा हुने थियो । तनहुँमा पनि भरतपुरको स्थानिय तहको चुनावमा जस्तौ धादलि हुने सम्भावना थियो । सो संगै पौडेलको निर्वाचन सार्ने योजना विफल भएको जोशी निकट कार्यकर्ताहरु बताउछन् ।

जोशीको उदय र आगामी यात्रा

०२४ मा गण्डकी विद्यार्थी मञ्चबाट काँग्रेस राजनीतिमा उदाएका जोशी स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष, तरुण दल र काँग्रेस तनहुँ जिल्ला सदस्य, तनहुँ काँग्रेस उपसभापति र सचिव भए । जोशी १२ वर्ष वकालती पेसा गर्ने क्रममा तनहुँ बारको अध्यक्ष र पश्चिमाञ्चल बारको उपाध्यक्षसमेत भएका थिए । ०४८ मा तनहुँ २ र ०५१ मा तनहुँ १ बाट निर्वाचित भएका जोशी शेरबहादुर देउवा नेतृत्वको सरकारमा शिक्षामन्त्री भए । ०५५ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा गृहमन्त्री भएका उनी ०५५ पुसमा सामान्य प्रशासन मन्त्री भएका थिए ।

०५६ मा तनहुँ १ बाट निर्वाचित भएका उनी कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा जलस्रोतमन्त्री भए भने ०५६ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पनि गृहमन्त्री भए । तर केही समयपछि मन्त्रालय हेरफेर हुँदा उनी स्थानीय विकासमन्त्री पनि भए । ०५७ मा पोखरामा भएको १०औँ महाधिवेशनबाट जोशी सहमहामन्त्री भएका थिए । २०४८, २०५१ तथा २०५६ सालमा तनहुँ बाट प्रतिनिधी सभा सदस्य भई ८ बर्ष पार्टीको केन्द्रिय सदस्य र एक कार्यकाल पाटीको सहमहामन्त्री भए । जोशी तनहुँ बाट निर्वाचित भएर राष्ट्रि राजनितीमा प्रभाबशाली नेताको रुपमा हेरिन थाले । उनी प्रतिनिधी सभा सदस्य हुदै शिक्षा मन्त्री , खानेपानी तथा सरसफाई मन्त्री, जलस्रोत मन्त्री , स्थानीय बिकास मन्त्री ,शिक्षा संस्कृती तथा समाजकल्याण मन्त्री र गृहमन्त्री समेत भएका नेता हुन । , आफु शिक्षा मन्त्री हुदा तनहुँको शिक्षा क्षेत्र बिकास गर्नेको लागि एकै पटकमा ४० ओटा माध्यामिक विद्यालको स्वीकृती दिएका थिए ।

गृहमन्त्री हुदा कांग्रेस तनहुँको पार्टी कार्यलयको जग्गा १४ लाखमा किनेका र सानेपामा रहेको केन्द्रीय कार्यलय बनाउन महत्वपुर्ण भमिका खेलेका जोशी बताउछन् । जोशीले भानुमा रहेको सशस्त्र तालिम केन्द्र , दमौली चापाघाटमा रहेको शिक्षक तालिम केन्द्र , भिमादमा प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र , भानुमै रहेको भानु जन्मस्थल विकास आयोजना , देवघाट विकास आयोजना मदरसा विद्यालको व्यवस्थापन,बन्दिपुर जाने बाटो कालो पत्री , तनहुँमा विद्युतको बिस्तार , टेलिफोन बिस्तार ,सडक क्षेत्रमा बिस्तार ,खानेपानी को सहरीकरण संचारको बिस्तार र पुल निर्माण लगाएतको महत्वपुर्ण विकास काम गरे । जस्का कारण आज पनि उनलाई गृहजिल्लमा हाई हाई र बिकास प्रेमी नेताको रुपमा हेरिन्छ ।

हाल पार्टीबाट निर्षकाशन गरिएका जोशीले आफुले सो निर्णय स्वीकार नगरेको बताउछन् । उनी निकट कार्यकताले आफ्नो क्रियाशिल सदस्य नबिकरण गर्ने बताएका छन् । जोशीले पार्टीले गरेको सो निर्णय मेरो लागि आर्शीवाद समेत हुन सक्ने बताउदै बि.पिको मार्ग पछ्याउने बताएका छन् । उनको आगामी यात्रा के हुने छ भन्ने त समयले तय गर्ने छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button