कांग्रेसका केन्द्रीय अनुशासन समितिमा सदस्य फेर बदल

काठमान्डौ
नेपाली कांग्रेसका केन्द्रीय अनुशासन समितिमा समितिको मान्छे फेर बदल भएको पाइएको छ । समितिका सदस्य कमला पन्तको ठाँउमा राम चन्द्र पौडेलले आफु निकट व्याक्ति धनराज गुरुङलाई राखेका हुन् । कांग्रस नेता धनराज गुरुङ कारबाहीमा परेका नेता हुन् । २०५७÷२०५८ सालमा रातो पासपोर्ट को दुरुपयोगमा तत्कालिन गृहमन्त्री गोविन्दराज जोशीले कारबाही गरेका थिए । नेपाली कांग्रेसकै मान्छे भएकाले पार्टीले उनलाई कम करबाहीमा गर्न दबाद दिएको थियो । सोही राजनितिक प्रतिसोद्धका कारण नेता जोशीलाई कारबाही गर्नको लागि पौैडेलले समितिका सदस्य कमला पन्तलाई हटाएर आफ्ना व्याक्ति धनराज गुरुङलाई अनुशासन समितिमा राखेका थिए । गोविन्दराज जोशीलाई कराबाही गरिएको बिज्ञप्तिमा धनराज गुरुङको समेत हस्ताक्षर रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button