छुट्टाछुट्टै दुर्घटनमा एकको मृत्यु चार घाईते

दमौली खबर संवाददाता
तनहुँ, असोज २  ।  शुक्रबार राती तनहुँको दुई स्थानमा भएकोदुर्घटनमा एकको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
     ऋषिङबाट भिमाद जाँदै गरेको ग ३ च २१२९ नम्बरको बलेरो गाडी शुक्रबार राती १०ः५० बजे भिमाद नगरपालिका–५ मिर्छुलुङ, मडुवा आफै अनियन्त्रित दुर्घटना हुँदा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायव निरीक्षक युवराज सलामी मगरले जानकारी दिनुभयो । सडकबाट करीव २५ फिट तल खसेर दुर्घटना हुँदा स्याङ्जा जिल्लाको हरिनाश गाउँपालिका–५ बस्ने वर्ष ४२ को केशबहादुर थापाको घटनास्थमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । सहचालक तनहुँको ऋषिङ गाउँपालिका –२ काँहुशिवपुर बस्ने वर्ष २६ को विकास परियार घाईते हुनु भएको छ ।
     यस्तै पृथ्वीराजमार्गमा पर्ने म्याग्दे गाउँपालिका–१ गुणादीमा दमौलीबाट पोखरा जाँदै गरेको ना ६ ख २७०७ नम्बरको सिमेन्ट बोकेको ट्रक आफै अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । धादिङ जिल्ला घर भई हाल म्याग्दे गाउँपालिका गाउँपालिका–२ जामुने बस्ने चालक वर्ष ४० को अमिर खड्का, ट्रकमा सवार धादिङको सिद्धलेख गाउँपालिका–२ नालाङ बस्ने ३७ को कृष्ण रम्तेल र ठेगाना नखुलेका वर्ष १६ को दिपेश लिम्बु घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोर्कण नेपालले जानकारी दिनुभयो । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button