आदिकविमा विज्ञान दिवस विविध कार्यक्रम गरी मनाईयो

दमौली खबर संवाददाता
दमौली, असोज २ । व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसमा १० औं राष्ट्रिय विज्ञान दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख एवम् पूर्व क्याम्पस प्रमुख वैकुण्ठ न्यौपानेले शनिबार उद्घाटन गर्नुभयो । सो अवसमा न्यौपानेले नगरपालिकाले समयको माग अनुसार विज्ञान र प्रविधि विषयको पठनपाठनलाई उच्च प्राथमिकताका दिएको बताउनुभयो । यसै क्याम्पसमा विज्ञान र प्रविधि सम्बद्ध उच्च शैक्षिक कार्यक्रम सञ्चालनका लागि नगर प्रमुखको अध्यक्षतामा व्यास नगरपालिकाले प्राविधिक उच्च शिक्षा अध्ययन समिति गठन गरेको र उक्त समितिको अध्ययन प्रतिवेदन पछि क्याम्पसलाई विज्ञान तथा प्रविधिका क्षेत्रमा नगरपालिकाले ठोस सहायता गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । सो अवसरमा विज्ञान विषय पढाउने शिक्षकहरुको सहभागितामा विज्ञान शिक्षणका चुनौतिहरु विषयक छलफल गरिएको थियो । उक्त छलफलमा तिनै जिल्लाका शिक्षकहरुको ४० विज्ञान शिक्षकहरुको सहभागिता रहेको थियो ।
छलफलमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, एड्भान्स सरस्वती प्रकाशन, काठमाण्डौंका ११÷१२ कक्षा रसायन शास्त्रका पाठ्य पुस्तकका लेखक उपेन्द्र चौधरी, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान, पोखराका अनुसन्धानकर्ता कल्याण पन्थ, जनज्योति माध्यमिक विद्यालय भिमाद का प्राचार्य चन्द्र प्रकाश सुवेदी, भक्ति नमुना माध्यमिक बिद्यालय भोटेवडार, लमजुङका शिक्षक धिरज थापा, शक्ति माध्यमिक विद्यालय, गोरखाका शिक्षक तिलकजंग केसी, शुक्ला माध्यमिक विद्यालय, रिसिङ –१, तनहुँका शिक्षक होमनाथ ढकाल लगायतले विज्ञान शिक्षणका चुनौती विषयमा प्रस्तुती राख्नु भएको थियो । विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका निर्बमान अध्यक्ष ब्रह्मदत्त तिमल्सेना क्याम्पस समितिका सदस्य लक्ष्मीभक्त खनाल र  मोहन गिरी, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी र सागर पौडेल, नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघका क्याम्पस इकाई अध्यक्ष विजयराज खनाल, अंग्रेजी विभागको प्रमुख लालप्रसाद भट्टराई, कक्षा११÷१२ कार्यक्रम संयोजक चिरञ्जिवी बस्नेत, सूचना तथा संचार प्रविधि विषय समितिका प्रमुख शु्लभकुमार श्रेष्ठ, प्रशासकीय अधिकृत बसन्ती थापा , स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति सुदर्शन पोख्रेल, व्यास युवा परिषदका उपाध्यक्ष गौरव पन्थ, जीवन सेवा अभियानका अध्यक्ष प्रमिता गहतराज, आदिकवि सिर्जनशील नेपाली मञ्चका उपाध्यक्ष, यूवा रेडक्रस सर्कलका अध्यक्ष सुनिता तिवारी, समेतको उपस्थिति रहेको थियो ।
यसैबीच १० औं राष्ट्रिय विज्ञान दिवसको उपलक्ष्यमा सोही क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो । गोरखा, लमजुङ र तनहुँ जिल्लाका कक्षा ११ र १२ मा विज्ञान विषय पठनपाठन हुने क्याम्पस÷ विद्यालयका गरी ७ ओटा टोलीहरु बिच विज्ञान हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो  । प्रतियोगितामा गोरखा जिल्लाको गोरखा–६, गोरखा विद्यार्थी सौगात वि.क.को नेतृत्वको  अजित कोइराला, श्रेय राई र सुप्रिया आले मगर सहभागी रहेको समूहले प्रथम स्थान हासिल गरि १२ हजार नगद पुरस्कार जीत्न सफल भएको छ ।
          सत्यवती माध्यमिक विद्यालय, दमौली, तनहुँका विद्यार्थी सिद्धान्त पण्डितको नेतृत्वको निरज ओझा, प्रकृति भण्डारी र दिपा बिक र प्रकृति भण्डारी सहभागी टोलीले दोस्रो स्थान हासिल गरि ८ हजार नगद पुरस्कार जितको छ भने उक्त प्रतियोगितामा पञ्चमुनिदेव माध्यमिक विद्यालय, दुलेगौंडा, तनहुँका विद्यार्थी  बिवेक पौडेलको नेतत्वमा रहेको अमर बहादुर कार्की, आकृति अधिकारी र ममता अधिकारीको समूहले तेस्रो स्थान हासिल गरि ४ हजार नगद पुरस्कार जित्न सफल भएको छ । कार्यक्रममा सहभागी संघसस्था तथा हाजिर जवाफ प्रतियोगिताका विजेता विद्यार्थी एवं विद्यालयहरुलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले र विज्ञान विभाग प्रमुख राजन घिमिरेले नगद पुरस्कार, प्रमाण–पत्र र मायाको चीनो प्रदान गर्नुभएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button