तनहुँ सञ्चारको १३ औं वार्षिक साधारणसभा,सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण

सञ्चारको क्षेत्रमा सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । ‘समुदायको आवाज’ भन्ने नाराका साथ सञ्चालित तनहुँकै पहिलो सामुदायिक रेडियो दमौली एफ.एमको १३ औं साधारण सभाको अवसरमा मंगलबार दमौलीमा आयोजित कार्यक्रममा वक्ताले सो कुरामा जोड दिएका हुन् । तनहँु सञ्चार सहरकारी संस्था लि बाट दमौली एफ.एम, दमौली खबर र दमौली खबर अनलाईन पनि सञ्चालित रहेको छ ।

कार्यक्रममा फोन मार्फत शुभकामना दिदै कांग्रेस नेता तथा पूर्व मन्त्री एवंम् यस संस्थाका संरक्षक गोविन्दराज जोशीले तनहुँमा सूचना र सञ्चारका क्षेत्रमा सहकारीद्वारा सञ्चालित रेडियो तथा पत्रिकाले पृथक पहिचान कायम गरेको बताए । तनहुँमा स्थानीय रेडियो नभएका बेला स्थापनाको उद्देश्यसाथ संस्था स्थापना भएको स्मरण गर्दै उनले यसबीचमा संस्थाले गति लिएको बताए ।

उनले गण्डकी प्रदेशको स्तरीय बन्न संस्थालाई शुभकामनासमेत दिए । कार्यक्रमको उद्घाटन सभामा बोल्दै संस्थापक अध्यक्ष एवंम् जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेले सामुदायिक रेडियोलाई बचाउन राज्य पक्षसमेत गम्भीर बन्नुपर्नेमा बताए । उनले भने,‘ ग्रामीण क्षेत्रका बासिन्दालाई सुसूचित गर्न रेडियो बढी प्रभावकारी रहेको छ । ’ उनले सञ्चार क्षेत्रको विकासमा सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

वाग्लेले विगतमा संस्था सञ्चालनमा निकै दुःख भएको स्मरण गदै अहिले संस्थाको मुल्याङकन गर्दा राम्रो प्रतिफल पाएको बताए । वाग्ले अघि भने, ‘हामीले लगानी गरेको रकमलाई रुपान्तरण गरेको भए धेरै जम्मा हुन सक्थो । तर इज्जत र प्रतिष्ठाको लागि बनाईएको योजनाले सञ्चार जगतमा बिर्सनै नसक्ने गुण हामीलाई लगाएको छ । ’ उनले मन,वचन, धन र कर्मले उच्च संस्थामा लैजानको लागि प्रतिवद्धता जाहेर गरे । संस्थाका पूर्व अध्यक्ष एवंम् सल्लाहाकार प्रा.डा कृष्णप्रसाद गौतमले सञ्चार क्षेत्र चौथौ अंगको रुपमा संवैधानीक अंग भएको हुदाँ तनहँु जिल्लामा पहिलो संञ्चार माध्यमको रुपमा अवधारण ल्याएको बताए ।

उनले भने,‘ संस्थाले स्थानिय निकायको प्रचारप्रसारमा ठूलो योगदान गदै आएको छ ।’ उनले स्थानिय निकायबाट कुनै राम्रो सहयोग र समन्वय नपाएको जिकिर व्यक्त गरे । संस्थाका पूवं अध्यक्ष एवंम् सल्लाहाकार गोपालप्रसाद भण्डारीले संस्थालाई सबैको साझाको रुपमा बनाउन लागि ऐक्बद्धता जाहेर गदै समितिले सानो भन्दा सानो कुरामा ध्यान दिई सबैको संलग्नता सहनशिलता र प्रतिवद्धतामा जोड दिए । संस्थाका पूर्व कोषाध्यक्ष सुर्यचन्द्र हड्खलेले सञ्चार क्षेत्रलाई विस्तार गर्न सुझाव दिए ।

उनले भने,‘संस्थालाई यथास्थितीमा राख्ने की व्यवासय गर्ने ?’ अग्रजहरुको ईतिहासलाई सम्बोधन गदै उनले नयाँ तरिकाद्धारा कार्यक्रमहरु परिवर्तन गर्ने कुरा बताए । सेयर सदस्य दुर्गाभक्त अधिकारीले संस्थालाई साथ दिनको लागि सेयर शुल्क थपेर संस्थाको भवन निर्माण गर्नुपर्ने बताए । संस्थाका सदस्य शुकुमलाल गुरुङले संस्थाको भवन निर्माणको लागि प्रक्रिय छिटो गर्न आग्रह गरे । लेखासमितिका संयोजक रामदेव पन्थले कोरोनाको कारणले संस्थाको आयआर्जनमा प्रत्यक्ष प्रभाव पारेको बताए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष माधव खनालले आर्थीक वर्ष २०७६÷७७ को लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव चिनु पोख्रेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । वार्षिक प्रतिवदेनमा संस्थाले हाल सम्म गरेका कार्यहरु साथै सञ्चालनको क्रममा देखिएका चुनौतीहरु र भावि योजनाहरु प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष परशुराम गिरीले संस्थाको कानुनी रुपमा अध्याबधि गर्नको लागि पुस मसान्त सम्म साधरण सभा भईसक्नु पर्ने बताए ।

कार्यक्रममा अन्य वक्ताहरुले यस्ता रेडियोलाई जीवन्त राख्न शेयर सदस्य, व्यवस्थापन समिति र कर्मचारी एक भएर लाग्नुपर्ने बताए । गिरीको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष हरिशरण पण्डितले स्वागत मन्तव्य राखेका थिए भने सचिव चिनु पोख्रेलले कार्यक्रममा सञ्चालन गरेकी थिईन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button