बैंक भित्रै पैसा खसेको भेटिएपछि…

बैंकबाट रकम निकाल्ने क्रममा बैंक भित्रै खसेको रकम सम्बन्धीत व्यक्तिलाई बुझाईएको छ । जिल्लाको व्यास ३ स्थित नबिल बैंक दमौली शाखाबाट आईतबार रकम निकाल्ने क्रममा बैंकमा पचास हजार रुपैया खसालेकी व्यास १३ की पबिमाया आलेलेलाई बैंकले उक्त रकम प्रदान गरेको हो । आईतबार बिहान ११ः३० बजे आलेको छोरा प्रेमबहादुर चेक मार्फत तीन लाख रकम निकालेर आमालाई बुझाएका थिए ।

एक हजारका दुई लाखका बिट्टा र पाँच सयका एक लाखका बिट्टा पबिमायाले झोलामा राख्ने क्रममा पाँच सयका एक लाखको बिट्टा बैंकमै खसालेरकी थिईन् । उनले उक्त रकम खसेको पत्तो समेत पाएकी थिईनन् ।बैंक शाखा व्यवस्थापक विशाल ढङ्गोलले सिसि क्यामेराको सहायताले खसेको उक्त रकम सम्बन्धी व्यक्तिलाई बुझाईएको जानकारी दिए ।

उनले भने,‘रकम खसेको पनि उहाँले थाहा नपाई जानुभयो । हामीले उक्त रकम भेटेपछि सिसिक्यामेराको सहायताले सम्बन्धी व्यक्तिलाई खोजी रकम बुझाइएको छ । ’ आफुले खसालेको रकम बैंकले भेटाएर बुझाएकोमा आलेले खुसी व्यक्त गरिन् । उनले भनिन्,‘ बाह्य ठाँउमा पैसा खसेको भए भेटिन्थेन होला । बैंकमै खसालेको भएर पाए । ’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button