साईकलमै पाहुनालाई होमस्टे पु¥याउने धोको

सविन लामिछाने

एकनासे परम्परागत घर र मगर जीवनशैलीकारामकोटका आधुनिक घरहरु पनि । घर अगाडी ठिङ्ग डङ्कने नामको डाँडो उभिएको छ ।‘थम्सअप’ शैलीमा उभिएको उक्त डाँडोको दुई किलोमिटर टाढा रहेको विकसित बन्दीपुरबाट रामकोटलाई एक्ल्याएको थियो । पाँच किलोमिटर टाढा रहेको भिडभाड डुम्रे बजार र काठमाडौं हुँदै पोखरा हुँइकिने गाडीको चमकधमक यो गाउँमा अहिलेसम्म पुगेको छैन । गाउँका आधुनिक युवाहरु घुमाउरो बाटो हुँदै मोटरसाइकल भित्र्याउन्छन् । करिब सय घरधुरी मगर मात्रै रहेको अनौठो यो गाउँमा चिल्लो सडक छिर्दा गाउँको अस्तित्व बिग्रने चिन्ताले गाँउपालिकाले बन्दिपूर रामकोट जोडन् साईकल लेनको निर्माण गरेको छ ।

गाउँले, गाउँपालिका अध्यक्ष र वडाका प्रतिनिधिहरु गाउँमा आधुनिक सडक सञ्जाल ल्याउने सोचमा थिएन् । ‘हो अलिकति दुःख कम हुन्छ तर थोरै सुखका लागि डाँडोको फेदैफेद सडक ल्याउने कुरामा म चाहीँ विपक्षमा थिए।’ बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा भन्छन्, ‘ रामकोटमा सजिलो सडक निर्माण भएमा बन्दीपुरबाट पैदल यात्रा गर्दै रामकोट हेर्न आउने पर्यटक अन्तैजान थाल्छन् । त्यसो भयो भने न त यहाँको होमस्टे चल्छ, न मगर संस्कृति नै बाँकी रहन्छ ।’ गाउँका पाका मगरहरु भन्छन्,‘पहाड खौरिएर बाटो बनाउँदा जंगल मासिए, यिनीहरुको सराप लाग्छ । बन्दीपुरबाट हिँड्ने बाटो मात्र चाहिएको हो, सडकहोइन ।

स्थानियको तहको चुनाब ताका त्यहाँका बासिन्दाले सडक भन्दा पर्यटक बढ्ने उपायमा बजेट लगाउन माग गरेका थिए ।घुमाउरो भए पनि डुम्रेबाट गाउँसम्म आइपुग्ने कच्ची बाटो जोडिएको छ । डङ्कने डाँडोबाट सडक ल्याउँदा बाटो छोटो हुने र अन्नपानी सस्तो हुने थियो । तर, गाउँलेहरु सडक ल्याउने पक्षमा थिएनन् । त्यसैले त गाँउपालिकाले बन्दीपूर र रामकोट जोडन् साईकल लेनको निर्माण गरि सञ्चालनमा ल्याएको छ । रानीवनको जङ्गलमा साइकल लेनको निर्माण गरिएको छ। गाउँपालिकाले छ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत तीन लाख लागत साझेदारीमा बन्दिपूर रामकोट जोडिने झण्डै पाँच किलोमिटर साईकल लेन निर्माण गरिएको हो । उक्त लेनको बुधबार गाँउपालिका अध्यक्ष पूर्णसिं थापाले उद्घाटन गरे ।

अध्यक्ष थापा भन्छन्, ‘अन्ततिर गाउँमा सडक चाहियो भनेर मारामार गर्छन्, हाम्रोमा सडक चाहिएन, बरु त्यो बजेट पर्यटक बढ्ने उपायमा लगाइदेऊ भन्छन् । त्यसैले होमस्टेको पर्यटन प्रर्वद्धन गर्न साईकल लेन निर्माण गरेका हौं’साइकल लेनले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए । देश तथा विदेशमा प्रख्यात रहेको बन्दीपुरमा नयाँ–नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने उद्देश्यसहित साइकल लेन निर्माण गरिएको र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलयात्रीलाई बन्दीपुरमा भित्र्याएर यहाँको पर्यटन प्रवद्र्धन गर्न सकिने गाउँपालिकाका अध्यक्ष थापाले बताए । राष्ट्रियस्तरका साइकल प्रतियोगिता बन्दीपुरमा गर्न सकिने र यसले यहाँको प्रचारप्रसार हुने अध्यक्ष थापाको विश्वास छ ।

विशेष गरी महिलाहरुबाट यस्तो माग आएपछि गाउँपालिका र पर्यटन बोर्डको सहयोगमा रामकोटका महिलाहरुले होमस्टेको तालिम लिने अवसर पाएका थिए । तर बीचमा कोरोनाले गर्दा पर्ययटकको चलहपहल ठप्प भएको थियो । कोरोनाको कहर पछि गाँउपालिकाले पर्यटकीय गतिविधि बढाउन गाउँलाई सहयोग गर्न थालेको छ । बन्दीपुरबाट पैदल र साईकल मार्फत यात्रा गर्दै रामकोट पुग्ने पर्यटकहरु रामकोटमा बास बस्नको लागि गाँउपालिकाले वातावरण सिर्जना गरेको छ ।

‘पाँच वर्षअघिसम्म रामकोटमा छाडा सुँगुरका कारण रोग र फोहोरको उपद्रो थियो । बाहिरका मानिस गाउँमा एक क्षण पनि उभिन सक्ने अवस्था थिएन । तर, जसै बन्दीपुर आएका पर्यटकहरु पद यात्राका क्रममा रामकोट पुग्न थाले, स्थानीयबासीलाई सफा हुनुपर्ने दबाब पनि बढ्न थाल्यो ।’ अध्यक्ष थापा भन्छन्, ‘हामीले पनि लगातार स्वास्थ र शिक्षामा जोड दिऔं । एउटा डाँडा वारी बन्दीपुर देशकै नमूना सहरमा विकास हुँदा डङ्कने डाँडाको पारी एउटा सुन्दर गाउँ फोहोरको आहालमा डुब्नु र पर्यटकले नाक थुन्दै त्यहाँका हिमाल हेर्न बाध्य हुनु हाम्रा लागि पनि लाजमर्ने कुरा थियो ।’

बन्दीपुर र डुम्रे वरपरका व्यवसायी र स्थानीय शिक्षकहरुको पहलमा गाउँको बंगुरको ब्यवस्थापन र सफाइ अभियान चलाएपछि रामकोट अहिले त्यो क्षेत्रकै आकर्षक गाउँमा परिवर्तन भएको हो ।सडक मार्ग बनाउनु हुन्न भन्नेमा होमस्टेकी प्रमुख बिहिसरा मगरको समूहले नै स्वागत गरेका थिए । उनले भनिन्,‘साइकल लेनले हाम्रो होमस्टेको प्रर्वद्धन गर्ने कुरामा आशावादी छौं । खुसी कुरा के भने हामीले सडक होईन पर्यटक बढाउने उपायमा बजेट खोजेका थिएयौ, त्यही भयो । ’

कोरोनाको कहरले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन गाउँपालिकाले विकासका लागि गुरुयोजना नै बनाएर नै अगाडि बढेको छ । गाउँपालिकाले बन्दीपुरको २० वर्षे गुरुयोजना तयार गरिसकेको छ । काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रका रूपमा विकास गर्ने गाउँपालिकाको सोच लिइएको छ । बन्दीपुर आफैँमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसलाई संरक्षण, संवर्द्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रमहरु अगाडि बढाउने गाँउपालिका अध्यक्ष थापाले जानकारी दिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button