कोरोना व्यवस्थापनमा देवघाट गाउँपालिका उत्कृष्ट

तनहुँको देवघाट गाउँपालिका गण्डकी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सार्र्वजनिक गरेको कोभिड १९ को महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्नेको सुचीमा परेको छ । देवघाटसहित प्रदेशका ११ वटा स्थानीय तह उत्कृष्टको सुचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक÷एक वटा स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचिमा राखेको हो । तनहुँका अन्य ९ स्थानिय तहलाई पछाडी पार्दै देवघाट त्यो सुचीमा अटाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि स्थानिय तहले गरेको कामको आधारमा ११ वटा स्थानीय तह छनौट गरेर सूची तयार पारिएको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत नगेन्द्र पौडेलले बताए । उत्कृष्ट व्यवस्थापन गर्नेमा तनहुँको देवघाटसंगै कास्कीको पोखरा महानगरपालिका, लमजुङको सुन्दरबजार नगरपालिका, गोरखाको आरुघाट गाउँपालिका, नवलपुरको देवचुली नगरपालिका, पर्वतको जलजला गाउँपालिका, बाग्लुङको बाग्लुङ नगरपालिका, म्याग्दीको मंगला गाउँपालिका, स्याङजाको पुतलीबजार नगरपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका र मनाङको चामे गाउँपालिका रहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button