सांसद सिग्देलको प्राथकिमतामा सडक र भवन

प्रतिनिधीसभा तनहुँ क्षेत्र नम्बर २ का सासंद केदार सिग्देलले स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रममा सडक र भवन निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन् । ६ स्थानिय तह रहेको निर्वाचन क्षेत्रमा ३० योजनालाई ३ करोड ९६ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । आयोजना व्यवस्थापन खर्चका लागी ३ लाख ६० हजार रुपैयाँ राखिएको छ ।

सडक र भवन निर्माणका मात्रै १०÷१० योजना छनोट भएका छन् । सासंद सिग्देलले सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकाको ६ योजनालाई ७५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । उनको गृह नगरपालिका भिमादका ६ योजनालाई ७१ लाख ४० हजार रुपैयाँ, व्यास नगरपालिकाका ३ योजनालाई ५० लाख रुपैयाँ छुट्याईएको छ । म्याग्दे गाउँपालिकाका ५ योजनालाई ६५ लाख रुपैयाँ, घिरिङ गाउँपालिकाका ५ योजनालाई ६५ लाख रुपैयाँ र ऋषिङ गाउँपालिकाका ६ योजनालाई ७० लाख रुपैयाँ विनियोजन भएको सासंद सिग्दलले जानकारी दिए ।

व्यास नगरपािलकाको –५ मा रहेको राष्ट्रिय परोपकार महासंघ नेपाल तनहुँको जेष्ठ नागरिक चौतारी भवनको ट्रस हल निर्माणका लागी १० लाख रुपैयाँ, दभुङ्ग चण्डीदेवी गुठी सामुदायिक भवनको ट्रस र शौचालय निर्माणका लागी १० लाख रुपैयाँ, व्यास नगरपालिका–६ को शिसाघाट बजारको सिम्लेदेखि मादी नदिको पूल सम्म सडक कालोपत्रे गर्नका लागी ३० रुपैयाँ गरेर ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

म्याग्दे गाँउपालिका –१ मा वरचौर खानेपानी निर्माण सुधारका लागी १५ लाख रुपैयाँ, म्याग्दे–२ को निर्मलवस्ती थानसिंह मोटरमार्ग कालोपत्रे गर्न १५ लाख रुपैयाँ, म्याग्दे–५ को नागढुङ्गा खेलमैदान निर्माण छाङ्गदीटार का लागी १० लाख रुपैयाँ, म्याग्दे–६ को जौखोला धैरेनी मोटर मार्गका छिर्दि दोभान कल्भर्ट निर्माण गर्न १० लाख रुपैयाँ, म्याग्दे– ७ को जनसहयोगी मोटर मार्ग स्तरोन्नती का लागी १५ लाख रुपैयाँ सहित कुल ६५ लाख रुपैयाँ विनियोजन भएको हो ।

शुक्लागण्डकी नगरपालिका अन्र्तगत वडा नम्बर १ स्थित काप्रेक खेलमैदान थप्रेक तथा मुस्लिम सामुदायिक भवन निर्माण भ्याकुतेलाई १५ लाख रुपैयाँ, शुक्लागण्डकी–३ स्थित आर्दश टोल सामुदायिक भवनको कम्पाउण्ड वाल तथा पार्क निर्माण गर्न १० लाख रुपैयाँ, भृगु त्रिवेणीधाम शवदाहस्थल निर्माण सुधारलाई १० लाख रुपैयाँ, शुक्लागण्डकी–८ स्थित नयाँपुल देखि लालिम जाने मोटरमार्ग कालोपत्रे गर्न २० लाख रुपैयाँ, शुक्लागण्डकी–७ स्थित कुमाल सामुदायिक भवन निर्माणलाई १० लाख रुपैयाँ, शुक्लागण्डकी–११ म रहेको राईपुर कोटकालिका पर्यटन पुर्वाधार विकास कार्यक्रमका लागी १० लाख रुपैयाँ गरेर ७५ लाख रुपैयाँ विनियोजन भएको छ ।

उता सासंद सिग्लेलको गृह नगरपालिका भिमादको वडा २ को उत्तर दक्षिण मोटरमार्गको छाब्दी वराही मन्दिर देखी सिगारभञ्ज्याङ्ग खण्ड स्तरवृद्धि तथा फाँचेथर कोटथर पर्यटकीय पैदलमार्ग निर्माणलाई १५ लाख रुपैयाँ विनियोजन भएको छ । भिमाद–३ को लोकतान्त्रिक मार्ग जलौदी देखि सुनाकोट सम्मका स्त्तरोन्नतीलाई १० लाख रुपैयाँ, भिमाद–५ को खरखरे खानेपानी योजना सुविधा विस्तारका लागी १५ लाख रुपैयाँ, भिमाद–६ को नेवा खल भवन निर्माण र जनज्योति माविको क्यान्टिन छानो निर्माणलाई ११ लाख ४० हजार रुपैयाँ, भिमाद–७ स्थित भिम देउराली मोटरमार्ग स्तरोन्नतीमा १० लाख रुपैयाँ, भिमाद–८ को बालज्योती आधारभुत विद्यालयको तला थप गर्नका लागी १० लाख रुपैयाँ सहित ७१ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

घिरिङ्ग गाँउपालिका–१ मा पुट्टार ढोपर खोल्सी खानेपानी योजनाका लागी १५ लाख रुपैयाँ, घिरिङ–२ मा पर्ने राधाकृष्ण मोटरमार्ग गोफा–देउराली–डुम्रेवेशीलाई १५ लाख रुपैयाँ, घिरिङ–३ को अर्चलकोट–मानपुर–खिला खानेपानी सुविधा विस्तारका लागी १५ लाख रुपैयाँ, घिरिङ–४ को नयाँटार गावुडाँडा मार्ग स्तरोन्नती गर्न १० लाख रुपैयाँ, घिरिङ–५ को वनडाँडा खानेपानी योजना सुविधा विस्तारमा १० लाख रुपैयाँ गरी ६५ लाख रुपैयाँ विनियोजन भएको छ ।

यसैगरी, ऋषिङ गाँउपालिका–१ मा झापुटारदेखी धवला ग्वासलुङ्ग हुदै धनवास मोटरमार्ग स्तरोन्नती गर्न १५ लाख रुपैयाँ, ऋषिङ–६ को गोठादी सामुदायिक भवनका लागी १० लाख रुपैयाँ, ऋषिङ –४ को सिसेरा खोला खानेपानी योजना स्तरवृद्धिलाई १० लाख रुपैयाँ, ऋषिङ –६ को श्रृङ्ग मावी गोठादीको तला थप गर्न १० लाख रुपैयाँ, ऋषिङ – ८ मा रहेको शिव सरस्वती माविको प्राविधिक शिक्षा सञ्चालानर्थ भौतिक विस्तार गर्न २५ लाख रुपैयाँ सहित कुल ७० लाख रुपैयाँ विनियोजन गरिएको हो ।

सबै क्षेत्रलाई समेटेर ६ वटै स्थानिय तहमा सन्तुलित बजेट विनियोजन गरेको सासंद सिग्देलको दाबी छ । साना र एकै बर्षमा पुरा हुन सक्ने योजनालाई स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रममा बजेट विनियोजन गरिएको उनको भनाई छ । ‘यो कार्यक्रममार्फत निरन्तर एउटै योजनालाई बजेट दिन सकिदैन् । सकेसम्म यो कार्यक्रमबाट दिएको रकमले काम सम्पन्न हुने अत्यन्तै महत्वपुर्ण योजनामा बजेट छुट्टिएको छ’, उनले भने ।

सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष निर्वाचित सांसदहरुले ल्याएका कार्यक्रममा खर्च गर्न सक्ने गरी ४ करोड रुपैयाँका दरले बजेट दिने गरेको छ । विगतमा सासंद विकास कार्यक्रमका नाममा खर्च हुने बजेटलाई दुई बर्ष अगाडीदेखी ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ नामाकरण गरिएको थियो । ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, ०७६’ अनुसार समितिमा समानुपातिक सांसदसंगै राष्ट्रिय सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, निर्वाचन क्षेत्रभित्र पर्ने स्थानिय तहका प्रमुख सदस्य रहने छन् । समितिबाट छनोट भएर आएका कार्यक्रमलाई सम्बन्धित स्थानीय तहमार्फत कार्यान्वयन गरिन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button