कांग्रेस बदलेर देश परिवर्तन गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाई

दमौली खबर संवाददाता

तनहुँ, चैत २१ गते

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बदलेर देश रुपान्तरण गरिने बताउनु बताउनु भएको छ । नेपाली कांग्रेस तनहुँले सोमबार दमौलीमा गरिएको उपनिर्वाचनको मनोनय दर्ता एवम् भातृ तथा शुभेच्छुक सस्थामा निर्वाचित समितिलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनु भएको हो । छिटोभन्दा छिटो नयाँ भरपर्दो ऊर्जावान व्यक्तिहरुले कांग्रेसलाई परिवर्तन गर्ने काम हुने थापाको भनाई थियो ।

पार्टी मजबुद बनाउन पार्टीभित्र नै सङ्घर्ष भईरहेको उहाँले बताउनुभयो । ‘‘पाटीभित्र सङ्घर्ष गरेर, लडेर खारिएका नेताहरु कांग्रेसलाई बदल्छौं र बदलिएको कांग्रेसबाट नेपाललाई बदल्ने सङ्कल्प लिएका छौं’’ महामन्त्री थापाले भन्नुभयो । तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराई परिपक्क तथा खारिएको नेता भएकाले मत दिएर जिताएर परिवर्तनको लागि साथ दिन कार्यकर्तालाई आग्रह थापाले आग्रह गर्नुभयो । ‘‘हामी भागेका छैनौं, यही भित्र लड्ने र बदल्ने संसदभित्र गोविन्द भट्टराई जस्तो व्यक्ति आवश्यक परेको छ जिताएर पठाउनुहोस्’’ थापाले भन्नुभयो । घरभित्रका सबै नेतालाई एकै ठाउँमा राखेर कांग्रेसलाई अघि लिएर जाने थापाले बताउनुभयो । तनहुँले निर्वाचित भएको मतदानलाई सम्मान गरेर रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएको र फेरी पनि मतको सम्मान पाउँन तनहुँका जनताले उम्मेदवार भट्टराईलाई विजयी गराउनु पर्ने थापाले बताउनुभयो ।

सबैलाई एकै ठाउँमा जोड्न कांग्रेसले चाहेको महामन्त्री थापाले बताउनभयो । एकजुट भएर निर्वाचनमा लाग्न कार्यकतालाई अनुरोध गर्दै महामन्त्री थापाले भन्नुभयो– लामो समय देखि काम गरेर विविध कारणले गर्दा पार्टी छोडेकालाई समेटेर अघि बढ्नु पर्ने बताउनु भयो । सबै मिलेर कांग्रेस बालियो बनाउनको लागि कांग्रेसले कारबाही गरेकाहरु गोविन्दराज जोशी लगायतको नेताहरुको पनि आईतबार कारबाही फुकुवा गरेको बताउनुभयो । घुम्दै घुम्दै आएका टुरिष्ट उम्मेदवार विजयी हुन नसक्ने उहाँले बताउनुभयो । यहाँको नेपाली कांग्रेस चोकमा राखेको मादल जस्तो जसले आयो उसले बजाउने हैन, पार्टी भित्र दुःख, सङ्घर्ष गरेका व्यक्तिलाई न्याय गर्नुपर्ने थापाले बताउनुभयो । देशको राष्ट्रिय अस्मिता, स्वन्त्रतता र लोकतन्त्रको आत्मा बचाएर राख्ने काम कांग्रेसले गरेको र अब कांग्रेस बदलेर अविकसितबाट विकसित मुलक बनाउने अभियानमा लागेको महामन्त्री थापाले बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्यहरु शङ्कर भण्डारी, ध्रुव वाग्ले, जिल्ला सभापति जीतप्रकाश आले, सचिव लक्ष्मीभक्त खनाल लगायतले गठबन्धनको उम्मेदवार भट्टराईलाई जिताउन सबै जना एकजुट भएर जनताको घरदैलोमा पुगेर मतमाग्न जरुरी रहेको कुरामा जोड दिनु भएको थियो । उम्मेदवारी दर्ताको लागि कांग्रेसका नेता तथा कार्यकर्ताको ठुलो भिड लागेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button