बन्ध्याकरण गर्नेमा पुरुष अघि सर्दै

व्यास नगरपालिका १३ का रमेश (नाम परिवर्तन)ले दुई सन्तान भएपछि भ्यासेक्टोमी (स्थायी बन्ध्याकरण ) गरेका छन् । सन्तानको रहर पुगेपछि उनले स्वास्थ्य कार्यालय तनहँुले दमौली अस्पतालमा संचालन गरेको शिविरमा सहभागि भई बिहिबार स्थायी बन्ध्याकरण गरेका हुन् । सन्तानको रहर पुगिसकेका पुरुषहरुको लागि स्वास्थ्य कार्यालय तनहँुले गत फागुन ३ गतेबाट विभिन्न ठाँउमा शिबिर संचालन गरेको छ ।

खैरेनीटार स्वास्थ्य चौकी दुलेगौडांमा आयोजना गरिएको एकदिने शिविरमा ८ जना पुरुषले मात्र भ्यासेक्टोमी गरेका छन् । त्यस्तै दमौलीमा ५ गतेबाट सुरु भएको शिविरमा १८ जनाले सेवा लिएका छन् । पछिल्लो समय पुरुषहरु आफैं बन्ध्याकरण गराउन अघि सर्ने गरेका छन् । धेरै सन्तान जन्माउन आवश्यक छैन भन्नेबारे जानकार भए पछि पुरुषले बन्ध्याकरण (भ्यासेक्टोमी) गर्न अघि सर्ने गरेका हुन् ।

महिलाले गर्ने स्थायी बन्ध्याकरण मिनील्यापभन्दा पुरुषले गर्ने स्थायी बन्ध्याकरण भ्यासेक्टोमी निकै सरल, सहज र सुविधायुक्त रहेकाले पुरुषहरुको आर्कषन बढी रहेको चिकित्सकहरु बताउन्छन् । दमौली अस्पतालकी पब्लीक हेल्थ अधिकृत सम्झना ढुंगनाले पुरुषको तुलनामा महिलामा गरिने मिनील्याप अलि जटिल हुनाले पहाडी क्षेत्रमा बन्धाकरण गर्न पुरुषहरु अघि सर्ने गरेको बताईन् । उनले भनिन्, ‘महिलाले परिवार नियोजन गर्दा पुरुषका तुलनामा जोखिम बढी हुन्छ । त्यसैले पछिल्लो महिला भन्दा पुरुष बन्धाकरण गर्न अघि सर्ने गरेका छन् ।’

पुरुषले बन्ध्याकरण गराउँदा शक्तिमा केही प्रभाव नपर्ने उनले भनाइ छ । ‘महिलाको पेट खोलेर पाठेघरका दुई वटा नली काट्नुपर्छ । पुरुषको भने अण्डकोशमा सानो प्वाल बनाएर धागोजस्तो नलीलाई सामान्य काटेर बाँधे पुग्छ’, उनले भनिन् , ‘पुरुष बन्ध्याकरण गराउनासाथ हिँडेरै घर जान सक्छन् । तर, महिलालाई समस्या हुन्छ।’ स्वास्थ्य कार्यालयले हरेक वर्ष बन्ध्याकरण शिविर आयोजना गर्दै आइरहेको छ । गत वर्ष भएको शिविरमा महिला पुरुष गरेर ५५ जनाले सेवा लिएका थिए ।

यौन शक्ति कम हुने अन्धविश्वास
यौन शक्ति कम हुने अन्धविश्वासले गर्दा अहिले पनि ग्रामिण भेगमा पुरुषले स्थायी बन्ध्याकरण नगरेको पाइएको छ । पुरुषले कमाउनु पर्ने, गह्रुंगो काम गर्नुपर्नेलगायतका कारणहरु पनि छन् । कतिपय त अप्रेसन गरेको पुरुष विदेश जान पाउँदैनन् भनेर अप्रेसन नगरेको पाइएको छ ।
स्वास्थ्य कार्यालय तनहँ्ुका प्रमुख शंखर अधिकारीले पुरुषले कमाउनु पर्ने, दुःख गर्नुपर्नेमात्रै होइन, सेक्सुअल पावर घट्नेदेखि अप्रेसन गरेका व्यक्ति विदेश जान नपाइनेसम्म भनेर पुरुष तर्किने समेत पाईएको बताए ।

उनले भने,‘हामीले कतिपय ठाउँमा यस्ता अन्धविश्वासका कुराहरु चिरेपछि पुरुषले बन्ध्याकरण गरेका छन्, । कार्यालयको तथ्याङकले कम देखाएपनि निजि अस्पतालमा गएर पुरुषहरुले बन्धाकरण गर्ने गरेको उनले बताए । उनले भने, ‘ धेरै जसो पुरुषहरुले पोखरा, काठमान्डौं गएर बन्धाकरण गर्ने गरेको पाईएको छ । पुरुषको बन्धाकरण कम समयमा हुन्छ । ७ देखि १० मिनेटमा पाँच एमएमजति चिरेर पुरुषको अप्रेसन गरिन्छ ।

जबकी महिलालाई १५ देखि ३० मिनेट लागेर ३ देखि ५ सेन्टिमिटरसम्म चिरेर अप्रेसन गरिन्छ,’ उनले अघि भने, ‘अप्रेसन गरिसकेपछि महिलालाई कम्तीमा दुई घण्टा ‘पोष्ट अफ’ (आराम गर्न) लगाइन्छ भने पुरुष केही मिनेटमै उठेर घर जान सक्ने हुन्छन् । बन्धाकरण गर्नेमा ३० देखि ३९ वर्ष सम्मका पुरुष रहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button