दमौली अस्पताललाई एक करोड भन्दा बढी वजेट विनियोजन

दमौली खबर संवाददाता
जेठ १० दमौली

गण्डकी प्रदेश सरकारले तनहुँको व्यास नगरपालिका वडा ३ स्थित रहेको दमौली अस्पताललाई रु एक करोड ४३ लाख ६४ हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ का लागि अस्पताललाई उक्त बजेट विनियोजन गरेको हो । प्रदेश सरकारको मातहतमा रहेको उक्त अस्पताललाई

अस्पताल सुृदढीकरण, आँखा सेवा, डायलायसिस सेवा, एम्बुलेन्स खरिद, औषधि खरिदलगायतका शीर्षकमा प्रदेश सरकारले बजेट विनियोजन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । विपद् पूर्वतयारीसम्बन्धी कार्यक्रमका लागि रु एक लाख ५० हजार, एनसीयु एनआइसीयु सेवा निरन्तरताका लागि रु १० लाख दुई हजार, डायलायसिस सेवा सञ्चालन तथा निरन्तरताका लागि रु १० लाख दुई हजार, नसर्ने रोग ९क्यान्सर, मुटुरोग, मिर्गौला, दीर्घश्वासप्रश्वास रोग० तथा मानसिक स्वास्थ्य क्लिनिक कार्यक्रम सञ्चालन तथा निरन्तरताका लागि रु नौ लाख, अस्पताल सुदृढीकरण कार्यक्रम, बृहत् आकस्मिक प्रसूति तथा नवशिशु स्याहार सेवा सुदृढीकरणका लागि रु ३४ लाख ५० हजार बजेट गण्डकी प्रदेशले विनियोजन गरेकोे छ ।

त्यस्तै आँखा सेवा कार्यक्रम सञ्चालनका लागि अल्थाल्मिक असिस्टेन्ट र नेत्र सहयोगी सेवा करारका लागि रु सात लाख ६० हजार, बिरामीका लागि खाद्यान्न एवं सुत्केरी भत्ताका लागि रु १० लाख, आधारभूत एवं अत्यावश्यक औषधि खरिदका लागि रु पाँच लाख, एम्बुलेन्स खरिदका लागि रु १२ लाख विनियोजन भएको छ । १५ श्ययाको अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्नका लागि जग्गा प्राप्ति र विस्तृत आयोजना प्रतिवेदन तयार गर्नका लागि रु ३५ लाख बजेट विनियोजन भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button