स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई कोरोना देखिएपछि बन्दिपूर गाँउपालिका शिल

दमौली खबर संवाददाता
जेठ १० दमौली

तनहुँको बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्तासम्म पूर्ण बन्द गरिएको छ । सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै आपतकालीन बैठक बसेर गाउँपालिकाको सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको अध्यक्ष पूर्णसिंह थापाले बताए । बैठकले बन्दिपुर अस्पतालको सबै सेवा, गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरु २ हप्ताका लागि पूर्ण रुपमा बन्द गर्ने समेत निर्णय गरेको छ ।

पोखरामा गरिएको परीक्षणमा गाउँपालिकाका ३१, ५४, २०, १९, ३४, ३८, २६, ४२ र २५ उमेर समूहका ९ जना पुरुष र ३५ वर्षीया १ महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो गाउँपालिकाका अनुसार क्वारेन्टिनमा रहेका व्यक्ति स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायत ३४ जनाको स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार चिकित्सकसहित २ जना स्वास्थ्यकर्मी, १ जना सुरक्षाकर्मी र २ वटा स्थानमा रहेको क्वारेन्टिनमा रहेका ८ जना समेत गरी ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत संक्रमण देखिएका कारण समुदायमा फैलने जोखिम उच्च रहेको हुँदा असार ९ गतेदेखि लागु हुने गरी गाउँपालिकाले प्रदान गर्दै आइरहेका सबै सेवाहरु र इलाका प्रहरी कार्यालय बन्दिपुर १ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए ।

गाउँपालिकामा क्षेत्रमा थप संक्रमण फैलन नदिनका लागि बन्दाबन्दीको निर्णयलाई पूर्ण रुपमा पालना गर्न, गाउँपालिकावासीलाई उच्च मनोवलका साथ भौतिक दूरी कायम गरी आफू र समुदायलई सुरक्षित रहन गाउँपालिकाले सूचना मार्फत अनुरोध गरेको छ । परीक्षण तत्काल रोकेर पिसिआरको दायरा बढाउनुपर्ने बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button