तनहुँ क्षेत्र नं. २ (क) का लागि एमालेबाट ९ र ख मा १० जना सिफारिस

दमौली खबर संवाददाता
दमौली, भदौ १८ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तनहुँको निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सदस्यका लागि ९ जनाको नाम सिफारिस गरेको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ९ जनाको नाम उम्मेदवारीका लागि सिफारिस गरिएको हो । प्रत्यक्षतर्फ अर्जनु नागिला, कमल ढकाल, रामचन्द्र उपाध्याय, दुर्गा प्रसाद पराजुली, हर्कबहादुर गुरुङ, श्यामराजा महत, शिववहादुर महत, शेषमणि आचार्य, अर्जुन र राधादेवी महत क्षेत्रीको नाम सिफारिस गरिएको क्षेत्र नं. २ प्रदेश कमिटिले जनाएको छ । १ जना महिलासहित ३ जनाको नाम सिफारिश गर्नुपर्नेमा आकांक्षी धेरै भएपछि नवै जनाको नाम पठाइएको समन्वय कमिटीकी संयोजक रत्नादेवी घिमिरेले बताइन । व्यास नगरपालिकाबाट नागिलामात्रै सिफारिसमा पर्नु भएको छ । अन्य शुक्लागण्डकीका रहेका छन् ।शुक्लाबाट धेरै आकांक्षी भएकाले नागिलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।
त्यस्तै क्षेत्र नं. २ (ख) का लागि १० जनाको नाम सिफारिस गरिएको छ । विष्णुभक्त सिग्देल, राजेश्वर ढकाल, मेखबहादुर थापा, दिलबहादुर थापा, नारायण खनाल, रनबहादुर राना, इन्द्र थापा र डिना गोतामे लगायतकाको नाम सिफारिस गरिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button