जिल्ला समन्वयको आवास छाड्न पूर्व जनप्रतिनिधी र कर्मचारीद्धारा आनाकानी

दमौली खबर संवाददाता
दमौली, कात्तिक १४ । व्यास नगरपालिका–२ मालपोतलाईन, दमौली स्थित जिल्ला समन्वय समिति तनहुँको भवनमा बसोबास  गर्ने कर्मचारीहरुले आवास  छोड्न आनाकानी गरेका छन् । केही जनप्रतिनिधि र कर्मचारीहरुले क्वाटर खाली गरिसकेपनि अटेर गरी बसिरहेका छन् ।
 जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जिससको भवनमा बस्दै आएका ति व्यक्तिहरुलाई क्वाटर छाडन भनिसकिएको बताउनुभयो ।  ‘निर्णय गरी कर्मचारीहरुलाई कार्यान्वयनमा लैजान भनिसकेका छौ वाग्लेले भन्नुभयो । जिल्ला समन्वय समिति तनहुँको कार्यालयले भदौ २ गतेभित्रमा खाली गर्न पत्राचार गरेपनि छोडन आनाकानी गरेको जिल्ला समन्वय अधिकारी थमनसिंह थापाले बताउनुभयो । । साउन २ मा निर्णय गरी ३ गते पत्र पठाइएको भएपनि अहिलेसम्म क्वाटर नछाडिएको जानकारी उहाँले दिनुभयो । पूर्व जिसस सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङ्गले यस अघि नै क्वाटर खाली गरी नैतिकता देखाइ सकेका छन । कतिपय कर्मचारीले इमान्दारिता देखाइ सकेका हुन ।
सुनिल पाण्डे र कुसेश्वर गुरुङलाई पुरानो भवनको संरक्षणका लागि जिल्ला समन्वय समितिले बस्न दिने निर्णय गरेको छ । उनीहरु त्यहाँ बसे पनि क्वाटरको भाडा तिर्दै आएको जिससले जनाएको छ । अर्जुनबहादुर अधिकारी, गंगानाथ मिश्र, जीवननाथ बराल, तिलकुमारी श्रेष्ठले भने क्वाटर खाली नगरेको जिल्ला समन्वय अधिकारी थापाले जानकारी दिनुभयो । ति कर्मचारीहरुले क्वाटर खाली नगर्दा जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख र सदस्यहरुलाई बस्ने कोठाको व्यवस्था गर्न नसकिएको थापा बताउनुहुन्छ । जिससले सो क्वाटर अगाडी व्यापारिक भवनहरु निर्माण कार्य गरिरहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button