तीजको मौलिकताको संरक्षण गरौ

नेपाली नारीको ठुलो चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाले तीज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएकोले यसको मौलिकतामा असर परेको देखिन्छ । तीज सुरुहुनु भन्दा एक महिना अघि देखि नै भोजभतेर र नाचगान गर्ने, पार्टी प्यालेसमा भड्किलो तरिकाले गरिएको भोज भतेरमा मदिरा पान समेत गर्ने जस्ता कार्यले मौलिकता गुम्दै गएको छ । केही समय अघि सम्म विगतका दिनमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गर्दथे । नारीले आफ्नै वेषभूषामा सजिएर तीज पर्व मनाउनु पर्छ । धेरै मंहगा गहनाहरु पर्दशन गर्ने,  विदेशी महंगो लुगा लगाउने जस्ता तडक भडकले विकृति निम्ताउँछ । आफ्नो भाषा, संस्कृति र संस्कारको जर्गेना गर्नमा तीज गीतमार्फत अवस्था, परिवेश, सुखदुःख, स्वतन्त्रता, अधिकार र सशक्तीकरणका कुरा बाहिर ल्याउन पाउने अवसर भएको यस चाडलाई ठुलो मान्छि ।
 विशेष गरी चेलीहरु माइतीमा जम्मा भएर घरमा भोग्नु परेका मनका पीर ब्यथा पोख्ने पर्व हो । हाल तीज पछिल्लो समयमा भने परिवर्तन हुँदै गएको छ । महिलामाथिको हिंसा र दमनको स्वरुप बदलिएसँगै गीतका भाका र शब्द फेरिनु नौलो होइन तर बजारमा आएका केही गीत र कलाकारको प्रस्तुतिले तीजको मौलिकतालाई बिगारेको रतौली, लगायत विभिन्न भाकालाई गीतलाई तीजको भाका मिश्रण गरिदिने जस्ता कार्यले मौलिकता गुम्दै गएको छ । पछिल्ला केही वर्ष यता दरखाने निहुँमा पार्टी, प्यालेस, होटलमा महिला जम्मा भई महँगा लत्ताकपडा, गरगहनामा सजिएर प्रतिस्पर्धा गर्नेहरुको लहर पनि देखिन्छ । मादल लगात नेपाली मौलिक बाजा आफैले बजाएर गाउने तीजका पुराना मौलिक भाकाहरु पछिल्लो समय हराउन थालेका छन् । डेग, उफरमा बजाइने गीतले मौलिकता पन हराउँदै लगेको छ । यसलाई संरक्षण गरिनु हामी सबैको दायित्व हो । मैलिक तीज गीत प्रतियोगिता राख्ने जस्ता कार्यले संरक्षणमा टेवा पुग्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button