राजनीतिज्ञ गोविन्दराज जोशी समुहले आज देखि चुनावी अभियान सुरु गर्ने

दमौली खबर संवाददाता
दमौली, भदौ १६ । राजनीतिज्ञ गोविन्दराज जोशीको समुहले आज देखि चुनावी अभियान सुरु गर्दैछ । चुनावी अभियानको पूर्वमन्त्री जोशीले शुरुवात गर्नु हुने भएको छ । अभियानको सुरुवात गर्नको लागि नेता जोशी बिहीबार गृह जिल्ला तनहुँमा आई सक्नु भएको छ ।  समुहले आज दमौलीमा भेलाको आयोजना गरेको छ । सोही भेलाले  चुनावी अभियान सुरु गर्ने भएको हो  ।
     २०७४ सालको सङ्घीय निर्वाचन देखि नै नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशी र उहाँका निकट कार्यकर्ता पार्टीबाट  अगल रही छुट्टै स्वतन्त्र अभियान चलाएको छ । गत वैशाख ३० गते सो समुहले स्वतन्त्र उम्मेदवारी दिएको थियो  । गठबन्धन भएकोले देशै भरी  स्थानीय तहको निर्वाचनको मत परिणामले काँग्रेसलाई फाइदा पुगेपनि तनहुँमा भने नोक्सान भएको थियो । गत स्थानीय निर्वाचनमा काँग्रेस एक्लैलेले समवन्य समिति बनाउन सफल भएकोमा यसपटक आफ्नो सिट नपुगेर माओवादी केन्द्रसँग हातेमालो गरेको थियो । ५० वटा वडा जितेको काँग्रेस बढ्न पर्नेमा घटेर ४६ पुगेको थियो ।
पार्टी भित्र भिन्दै अभियान सञ्चालन गर्दा टाउको दुखाई बिषय भएको तनहुँ काँग्रेसलाई स्थानिय निर्वाचन २०७९ मा असन्तुष्टहरुले तेश्रो धारको रुपमा स्वतन्त्र अभियान सञ्चालन गरेको थियो । सो समयले प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कार्यालय सञ्चालन गरिहेको छ । केही जिल्लाका प्रभावशाली नेताहरुले स्थानीय तहको निर्वाचानको समयमा वितरण गरिएको टिकट प्रति असतुष्ट जनाउँदै पार्टी परित्याग गरेका थिए । जोशी समुहले पालिकाहरुमा स्वतन्त्र उम्मेदवारी दिएको थियो । स्थानीय तहको निर्वाचनको जस्तै एकलौटी अघि बढेको काँग्रेस तनहुँले २०७४ को नियती भोग्नु पर्ने राजनीतिक विश्लेषकहरुको छ । काँग्रेसको किल्ला रहेको तनहुँमा यस अघिको संघ तथा प्रदेशको चुनावमा सबै ६ सिटै गुमाएर लज्जास्पद हार भएको थियो ।  १८ वर्ष देखि सत्ता बाहिर रहनु भएका नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री जोशी विकासवादी नेताको रुपमा जिल्लामा सूपरिचित हुनुहुन्छ । उहाँको समयमा शिक्षा, स्वास्थ्य, विद्युत्तिकरण, रोजगारी, सडक जस्ता क्षेत्रमा अभूतपूर्व विकास भएको थियो ।
सोही समयको नेता जोशीको विकास प्रतिको काम र पार्टी प्रतिको संगठनलाई तनहुँवासीले सम्झिने गर्दछन् । नेता जोशीले आगामी संघीय चुनावमा  घोषणा गरिसक्नु भएको छ । नेपाली कांग्रेस तनहुँका सस्थापक सचिव हुँदै केन्द्रमा सहमहामन्त्री समेत बनी सक्नु भएका नेता जोशीलाई वर्तमान पार्टी नेतृत्वले अन्यायपूर्ण ढंगले साधरण सदस्यता समेत नरहने गरी गरिएको कारबाही प्रति तनहुँ कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ठ छन् । पार्टी भित्रको समस्या वार्ता माध्यमबाट समाधान नगरेमा काँग्रेस तनहुँलाई क्षति हुने देखिएको छ ।
      चुनावी अभियानको कार्यक्रम तालिका समेत तय गरि सकेको जोशी समुहको सचिवालयले जनाएको छ । नेता जोशीले तीन समहु बनाई  तालिका भदौ १७ गते दमौली, १८ गते मानेचौका, १९ गते डुम्रे बजारमा नेपाली काँग्रेसका अगुवा कार्यकर्तासँग भेटघाट एवं छलफल गर्ने कार्यक्रम रहेको छ ।  र भदौ २० गते विपी विचार समाज जिल्ला कार्य समिति तनहुँको वैठकमा सहभागी हुुनु हुने कार्यक्रम रहेको छ । मंसिर ४ गते तोकिएको संघ तथा प्रदेश निर्वाचनको तयारीको सम्बन्धमा कार्यकर्तासँग राय, सुझाव  तथा परामर्शको लागि तनहुँ क्षेत्र नम्बर १ को तीन ठाउँलाई भेटघाट गर्ने कार्यक्रम तय गरिएको जोशीको सचिवालयले जनाएको छ । नेपाली काँग्रेस पार्टीको वर्तमान नेतृत्वले तय गरेको निर्वाचन सम्बन्धि चिन्तन, गठबन्धन र कार्यशैली प्रति असतुष्टी जनाउँदै आउनु भएका विकास प्रेमी एवं राजनीतिज्ञ जोशी आफै तनहुँ १ बाट निर्वाचनमा उठ्ने घोषणा गरिसक्नु भएको छ । वीपीको विचार, आर्दश र सिद्धान्तमा वर्तमान काँग्रेस नेतृत्वमा हिड्न नसकेको गंभिर आरोप लगाउनु भएका नेता जोशी आफूलाई विपीको सच्चा अनुयायी ठान्नुहुन्छ । उहाँ विपी विचार राष्ट्रिय समाजको सहअध्यक्ष हुनुहुन्छ । २०७४ सालको सङ्घीय निर्वाचन देखि नै नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशी र उहाँका निकट कार्यकर्ता पार्टीबाट  अगल रही छुट्टै स्वतन्त्र अभियान चलाएको छ । गत वैशाख ३० गते सो समुहले स्वतन्त्र उम्मेदवारी दिएको थियो  । गठबन्धन भएकोले देशै भरी  स्थानीय तहको निर्वाचनको मत परिणामले काँग्रेसलाई फाइदा पुगेपनि तनहुँमा भने नोक्सान भएको थियो । गत स्थानीय निर्वाचनमा काँग्रेस एक्लैलेले समवन्य समिति बनाउन सफल भएकोमा यसपटक आफ्नो सिट नपुगेर माओवादी केन्द्रसँग हातेमालो गरेको थियो । ५० वटा वडा जितेको काँग्रेस बढ्न पर्नेमा घटेर ४७ पुगेको थियो ।
पार्टी भित्र भिन्दै अभियान सञ्चालन गर्दा टाउको दुखाई बिषय भएको तनहुँ काँग्रेसलाई स्थानिय निर्वाचन २०७९ मा असन्तुष्टहरुले तेश्रो धारको रुपमा स्वतन्त्र अभियान सञ्चालन गरेको थियो । सो समयले प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कार्यालय सञ्चालन गरेको । स्थानीय तहको निर्वाचानको समयमा वितरण गरिएको टिकट प्रति असतुष्ट जनाउँदै पार्टी परित्याग गरेका थिए । जोशी समुहले पालिकाहरुमा स्वतन्त्र उम्मेदवारी दिएको थियो । स्थानीय तहको निर्वाचनको जस्तै एकलौटी अघि बढेको काँग्रेस तनहुँले २०७४ को नियती भोग्नु पर्ने राजनीतिक विश्लेषकहरुको छ । १८ वर्ष देखि सत्ता बाहिर रहनु भएका नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री जोशी विकासवादी नेताको रुपमा जिल्लामा सूपरिचित हुनुहुन्छ । उहाँको समयमा शिक्षा, स्वास्थ्य, विद्युत्तिकरण, रोजगारी, सडक जस्ता क्षेत्रमा अभूतपूर्व विकास भएको थियो ।
सोही समयको नेता जोशीको विकास प्रतिको काम र पार्टी प्रतिको संगठनलाई तनहुँवासीले सम्झिने गर्दछन् । नेता जोशीले आगामी संघीय चुनावमा  घोषणा गरिसक्नु भएको छ । नेपाली कांग्रेस तनहुँका सस्थापक सचिव हुँदै केन्द्रमा सहमहामन्त्री समेत बनी सक्नु भएका नेता जोशीलाई वर्तमान पार्टी नेतृत्वले अन्यायपूर्ण ढंगले साधरण सदस्यता समेत नरहने गरी गरिएको कारबाही प्रति तनहुँ कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ठ छन् । पार्टी भित्रको समस्या वार्ता माध्यमबाट समाधान नगरेमा काँग्रेस तनहुँलाई क्षति हुने देखिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button