कैदीबन्दीलाई योग शिविर सञ्चालन गर्न पुरीद्धारा म्याट सहयोग

दमौली खबर संवाददाता
दमौली,  भदौ ।
जिल्ला कारागार तनहुँका कैदीबन्दीलाई योग शिविर सञ्चालन योग गर्नका लागि व्यास ३ निवासी बाबुराम पुरीले २० हजार बराबरको म्याट सहयोग गर्नु भएको छ ।
कारागारमा रहेका कैदीबन्दीहरुको मानसिक तथा शारीरिक रुपमा स्वास्थ्य राख्नको लागि पतञ्जली योग समिति तनहुँको आयोजनामा योग शिविर सञ्चालन गरिएको छ । जिल्लाका संगठनमन्त्री अर्जुन श्रेष्ठ, महामन्त्री राजकुमार श्रेष्ठ, दिल बहादुर आले लगायतले विहान ५ बजे नै कारागार पुगी २ समूहमा योग प्रशिक्षण अभ्यास गराइरहेको अध्यक्ष मानबहादुर आलेले बताउनुभयो । आइतवार आयोजित योग प्रशिक्षण कार्यक्रममा कैदीबन्दी रामु लोहनी, कारगारका हवल्दार बुद्धि खड्का सही गोपाल थापा मगरलाई म्याटदाता बाबुराम पुरी सहितको टोलीले ८० वटा योग गर्ने म्याट हस्तान्तरण गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button