महोत्सवमा साढे दुई करोड भन्दा बढीको कारोबार

माघ २
दमौली खबर संवाददाता

तनहुँ महोत्सव हाम्रो आधार , आर्थिक सामाजिक बिकासको पुर्वधार” भन्ने नाराका साथ पौष २४ गते देखि भएको महोत्सवमा सातौ दिन सम्म दुई करोड पचास लाख भन्दा बढीको कारोबार भएको महोत्सवको प्रवक्ता एवंम् तनहँु उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वैकुण्ठ मिश्रले जानकारी दिए ।

उनको अनुसार सातौ दिन सम्म एक लाख ३५ हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको जानकारी दिए । अरु दिन भन्दा धेरै दर्शकले महोत्सव अवलोकन गरेका छन् । तनहँु उद्योग वाणिज्य संघको आयोजना र दमौली बजार इकाईको सह आयोजनमा आयोजित महोत्सव माघ ६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा सबै भन्दा धेरै कृषि, होटल व्यवसाय राम्रो व्यापार भएको उनले बताए ।

कृषि तथा जिल्लाका उत्पादनको बजारीकरण, सांस्कृतिक, ऐतिहासिक एवं धार्मिक स्थलको प्रवद्र्धन गरी जिल्लाको पर्यटन विकासमा सहयोग पु¥याउन तथा जैविक, धार्मिक विविधताको संरक्षण गर्दै समग्र आर्थिक तथा सामाजिक विकासका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि पर्यटनलगायतका क्षेत्रमा महोत्सवले योगदान पु¥याउने तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले बताए ।महोत्सवबाट करिब ५ करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य आयोजकले राखेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button