व्यासमा सहित तनहँुमा थपिए तीन सक्रंमीत

आईतबार व्यास नगरपालिकामा सहित तनहँुमा तीन जना कोरोना संक्रमीत थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरणमा तनहँुमा चार संक्रमीत थपिएका हुन् । व्यास ४ को ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै व्यासमा संक्रमीतको संख्या एक सय ४२ पुगेको छ ।जसमा ७० जनाको उपचार भईरहेको छ भने ७० जना निको भई घर फर्किएका छन् । व्यासका ३८ जना होम आईसोलेसनमा बसेका छन् । त्यस्तै आईतबार घिरिङ्गमा दुई संक्रमीत थपिएका छन् । घिरिङ गा. पा. ४ का वर्ष २० र ४३ का दुई पुरुषहरमा सङ्क्रमण पुष्टि भएको हो । यस संगै घिरिङ्ग गाउँपालिकामा सङ्क्रमित हुनेहरुको संख्या ३७ जना पुगेको जिल्ला स्वास्थ कार्यालय तनहुँका प्रमुख शंकरबाबू अधिकारीले जानकारी दिए । हाल सम्म तनहुँमा सङ्क्रमितको संख्या ५६४ पुगेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button