महेन्द्र मावि गुणादीमा आज देखि निशुल्क दन्त शिविर हुँदै

दमौली खबर संवाददाता

म्याग्दे, माघ ५

व्यास नगरपालिका–२ गणेशमानचोक, दमौली स्थित लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको सहयोगमा तनहुँको एक विद्यालयमा निशुल्क दन्त शिविर हुने भएको छ । म्याग्दे गाउँपालिका–१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आज शिविर हुने भएको हो ।

पूर्व विद्यार्थी समाज महेन्द्र मावि गुणादीको आयोजना तथा निशुल्क शिविर हुने पुर्व विद्यार्थी समाजका अध्यक्ष बिकास खनालले बताउनुभयो । विद्यालयको वार्षिकोत्सवको अवसर पारेर आयोजित शिविरमा डेन्टल सर्जन डा. सुमित महासेठ लगायतका दन्त्य चिकित्सकहरूबाट दाँत सम्बन्धि सम्पुर्ण परिक्षण निशुल्क गरिने अध्यक्ष खनालले जानकारी दिनुभयो ।

समाजले गतवर्ष पनि शिविर को आयोजना गरेको थियो । हरेक वर्ष जस्तै यसपटक पनि दाँतको शिविर राखिएको हुँदा दाँतका बिरामीहरू लाई मौकाको फाइदा उठाउन पूर्व विद्यार्थी समाजले अनुरोध गरेको छ । सामाजिक उत्तर दायित्व अन्तर्गत दाँत उपचारको लागि सहयोग गरेको लोकप्रिय स्वास्थ्य क्लिनिकका सञ्चालक राजु दाहालले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button