आइसोलेसनको ब्याथा !

महा प्रसाद हड्खले

बिहान २ बजे मोबाइलमा फोन आएको रहिछ । हतारिएर क्याम्पस गए । ऋषिङ्को क्वारेन्टाइनबाट कोरोना पोजेटिभ देखिएको दुई दिन पछि राती १२ बजे क्याम्पसमा ल्याएर छडिएका भाइले पानी तिर्खा लागेर फोन गरेका रहेछ्न । च्यानल गेटमा उभिएर उनी संग कुरा गरे । क्याम्पस भित्रको आइसोलेसन भएको तल्लको खाने पानी, सौचालयको पानी र बिजुलीको स्विच अघिल्लो दिननै अफ गरिएको रहिछ ।

खटिएका सुरक्षा कर्मिलाइ भित्र जाने आदेश छैन । उनि भन्छन उनिहरु संग मास्क सेनिटाइजर र पन्जा पनि छैन। भित्र छिर्न PPE थिएन । त्यहा को कर्मचारी खटाइएको हो पत्तो थिएन । न पा का जन स्वास्थ्य अधिकृत प्रमोद सोति जि लाइ फोन गरेर सुरक्षाकर्मीलाई मास्क पन्जा र सेनिटाइजर ल्याइदिन अनुरोध गरे । मेयरलाइ फोन गरे । उहाको परामर्शमा प्रमुख जिल्ला अधिकारी अधिकारिले कोरोना कमाण्डको बैठक जिसस समिक्षालयमा बोलाउनु भयो । खाना, आवास, स्वास्थ्य सेवा सुरक्षा सबैको बारेमा कसरी गर्ने भन्ने छलफल भयो। समिती बन्यो । त्यही बिच मेरो मोबाइलमा पखला लाग्यो सौचालय जाने र पिउने पानी छिटो ल्याइदिनुसन दाइ भन्दै आइसिल्सनबाट फोने म्यासेज आइरहयो । क्याम्पस आइसोसनमा कसलाइ खटाउने भन्ने बारेमा निधो भएन । बैठकको बिचबाटै क्याम्पस आए


आइसोलेसनका भाइहरुले पानी र खानाको बिलौना गरे ।कसैले त रोगको व्हिन्ताले ३ दिन देखि खाना खाएका थिएनन । हप्तौं नुहाएका थिएनन । चर्पी जान आत्तिएका थिएनान । मुख धोएका थिएनन । दात माझेका थिएनन । सारै धिक्कार लागेर आयो । न पा र जिल्ला स्वास्थ प्रमुखलाइ फोन आइसोसनमा बस्नेहरुको बिलाप सुनाए । भित्र छिरेर पानी बिजुली खोलिदिने र खाना लगिदिने कोहि कर्मचारी आएनन । बिन्ती गरि एक PPE सेट मगाए । क्यान्टिनको भाइलाइ खाना पकाउन भने । राकु जि लाई फोन गरे । उहाले तत्काल मिनरल वाटर १०० कार्टुन, पन्जा र मास्क अनि सेनिटाइजर ल्याइदिनु भयो । खाना पाक्यो । PPE सेट लगाएर आइसोलेसनमा बसेकाको सहायताका लागि कोहि आएन । भित्राका सन्क्रमीत बिलाप गरि रहे । १२:३० भयो । सोच्दै थिए भित्र जादैमा त मरिन्न होला । त्यही बिच PPE सेट पठायो न पा ले ।

तर भित्र जान मान्छे पठाएन । आइसोसनमा बस्ने ऋषिङका दाजुभाइ छ्न । तर त्यसबेला सम्म ऋषिङका कोहि आउदैनन । अनि आफै पिपिइ लगाएर आफै गेटभित्र छिरे । क्लोरिनको झोलको पम्प पछाडी भिरे । त्यो झोल भित्र सम्म छर्के । अनि बाहिर आइ पानीका दानमा आएका कार्टुनहरु भित्र लगेर बाडिदिए । ट्वाइलेटको पानी खोले । बिजुलि अन गरिदिए । उनीहरुको लागि क्यानिटिनले बनाइदिएर प्याक गरेको खाना पुर्याइ दिए । एकछिन टाढै उभिएर उनिहरुलाइ नअत्तिनु भने । उनीहरुको स्वास्थ्यलाभको कामाना गरेर बाहिर आइ PPE खोले, त्यसलाई जलाए र घर हिडे । १:४५ मा घर तिर लाग्दै गर्दा बाटोमा सोचे त्यो बैठकले आइसोलेसनमा पानी बिजुली आदिको काम गर्न कसलाइ खटायो होला! बैठक सकियो कि चल्दै होला। दिउँसो खाजा र भरैको खाना तिनीहरुले कसरी पाउँछन् होला ? हाम्रा औपचारिकताले हाम्रो आकस्मिक सेवालाइ कहिले कसरी चुस्त रुपमा सम्बोधन गर्छ होला ? ती मरिन्छ कि बाचिएला भनेर अत्यासमा बाचेका आइसोलेसनका दाजुभाइहरुले स्वास्थ्य सेवा र आशाबादितामा जगाउने कसले होला ? ति दाजुभाइलाइ त्यहा थुन्न किन ल्याइएको होला ?

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button