नमुना विद्यालयद्वारा आईसीटी तालिम संचालन

तनहुँ– नेपाल सरकारको नमुना विद्यालय छनोटमा परेको तनहुँकै उत्कृष्ठ मध्येको एक विद्यालय निर्मल माध्यमिक विद्यालयले आफ्ना शिक्षकहरूको क्षमता वृद्धिका लागि प्रविधि सम्बन्धी तालिम सञ्चालन गरेको छ । व्यास नगरपालिका नगर शिक्षा प्रमुख नगेन्द्रप्रसाद रेग्मीको प्रमुख आथित्यतामा उक्त तालिम कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा व्यास नगरपालिकाका कार्यकारी सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर दरै वि. ब्य. स. सदस्यहरु, शिक्षक अविभावक संघका पदाधिकारीहरु, शिक्षा पत्रकार र विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो । हालैमात्र दूरसंचार प्राधिकरणबाट छनोटमा परेको विद्यालयले २४ वटा कम्यूटर सेट, ४ वटा सिसिटिभी क्यामरा, कनेक्सन बक्स, पावर ब्याकअपका लागि इनभटर साथै प्रा्जेक्टर समेत जडान गरीएको र उक्त सामग्रीहरुको प्रयोग गरेर तालिमलाई सञ्चालन गर्न लागिएको, जसमा व्यास नगरपालिकाले समेत सहयोग गरेको विद्यालयका प्रधानाध्यापक गणेश चन्द्र बस्नेतले बताएका छन् ।

उक्त कार्यक्रमलाई त्यसै विद्यालयका वरिष्ठ शिक्षक हरिभक्त सुवेदी वि. ब्य. स. सदस्यहरु अर्जुन गिरी, हरिशरण खनाल लगायतले सम्बोधन गरेका थिए । नमुना विद्यालयको रुपमा छनोट भई रु १ करोड ८७ लाख ६० हजार विद्यालयलाई प्राप्त हुने र त्यसै रकमबाट योजनाका आधारमा गुरुयोजना सहित थप कार्य सञ्चालन गरी आधुनिक शिक्षा पुर्याउने उद्देश्यले ८ कोठे भवन थप गरिएको र खेलकुद लगाएत नवौं साफ गेम लाईपनि खेल्न मिल्ने गरी दुईवटा ब्याडमिन्टन कोट निर्माण गरिएको त्यसै विद्यालयका शिक्षक विरेन्द्र काफ्लेले बताएका छन् । उद्घाटन पश्चात प्रमुख अतिथि रेग्मीले शिक्षकको क्षमता वृद्धिका लागि प्राप्त रकम मार्फत शिक्षकहरूलाई ल्यापटप प्रदान गर्न सकिने जसको लागि शतप्रतिशत विद्यालयले भन्दा केही रकम शिक्षक ले पनि लगानी गरेर ल्यापटप वितरण गर्न सकेमा त्यसको माया बढ्ने र त्यसलाई सही रूपमा सदुपयोग हुने कुरा बताएका छन् । यसै सन्दर्भमा उदाहरण दिँदै रेग्मीले घर बनाउँदा झ्याल राख्न डराउन नहुने भन्दै हातमा औंसी गलामा सिक्रि लगाउन सक्ने शिक्षकले आफ्नो क्षमता विकास गर्नको लागि २०– ३० हजार खर्च गरेर ल्यापटप खरिद गर्न सकिँदैन भन्न नसकिने भन्दै शिक्षकले आफ्नो क्षमता विकास गर्नको लागि अप्ठ्यारो नमानीकन आधुनिक प्रविधिसंघ घुलमिल हुन सुझाएका थिए ।

नेपाल सरकारले उपलब्ध गराएका सामग्रीहरुलाई विद्यालय र त्यहाँका शिक्षक विद्यार्थीहरुले सही रूपमा सदुपयोग गर्नुपर्ने र त्यसको स्याहार सुसार गर्नुपर्ने रेग्मीको भनाई रहेको थियो । हालैमात्र बसेको नगर सभाले पनि रु ३५ लाख नगरपालिका भित्रका विद्यालयहरूको प्रविधिमा खर्च गर्न सकिने गरी रकम छुट्टाएको समेत कार्यक्रममा जानकारी गराइएको थियो । अभिभावक शिक्षक संघ अध्यक्ष सिर्जना तिवारीको अध्यक्षतामा बसेको कार्यक्रमलाई सम्बोधन गर्दै तिवारीले आधुनिक शिक्षाका माध्यमबाट शिक्षाको गुणस्तर वृद्धिमा निर्मल माध्यमिक विद्यालय सदैव अगाडि रहने कुराहरु बताएकी थिइन् । १० दिन सम्म सञ्चालन हुने उक्त आईसीटी तालिममा World, Excel, Powerpoint, Email, Internet साथै मोबाइल एप्लिकेसनको बारेमा सिकाइ सहजिकरण गरिने तालिमका प्रशिक्षक एवं त्यसै विद्यालयका कम्प्युटर शिक्षक दिपक पन्तले शिक्षा सञ्चारलाई बताएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button