कांग्रेस छाडेर गएकाहरुलाई फर्किन महामन्त्री शर्माको आव्हान

दमौली खबर संवाददाता

आँबुखैरेनी, चैत २७

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस पार्टीमा फर्किनेलाई उचित सम्मान र अवसर दिईने बताउनु भएको छ ।

बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्न तनहुँ आउनु भएका महामन्त्री शर्माले आईतबार तनहुँको आँबुखैरेनीमा मतदाता भेटघाट कार्यक्रमको अवसरमा सो कुरा बताउनु भएको हो । पार्टीभित्र उचित जिम्मेवारी दिईने र असन्तुष्टिलाई हटाउन गर्नका लागि आन्तरिक छलफल गरी समाधान गरिने महामन्त्री शर्माले बताउनुभयो । ‘पाटी छोडेर गएका मुल घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध छ’’ महामन्त्री शर्माले भन्नुभयो । विभाजित सबै नेता, कार्यकर्ता तथा आफ्नै घरमा फर्किएर एकतावद्ध भएर पार्टी बलियो बनाउनु पर्ने उहाँले बताउनुभयो ।

उम्मेदवार गोविन्द भट्टराइ सँग केही दिनपछि संसदमा भेट हुने बताउनुभयो । सत्तारुढ गठवन्धनका उम्मेदवार भट्टराईको जित सुनिश्चित भएको दाबी शर्माले गर्नुभयो । नेता भट्टराई असल र निष्ठाको राजनीति गर्ने विद्यार्थी कालदेखिको नेता भएको उल्लेख गर्दै शर्माले सिङ्गो पार्टी र गठवन्धन परिचालित भएर अगाडि बढ्ने बताउनुभयो । साथै उहाँले तनहुँको विकास र समृद्धिको लागि उम्मेदवार भट्टराईलाई जिताउनु पर्ने बताउनुभयो ।

तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार भट्टराई घर फोहोर भयो भनेर घर छाड्न नुहने बताउनुभयो । घरलाई सफा बनाएर सिङ्गारेर बस्नु पर्ने बताउनुभयो । राष्ट्रपति बन्नु भएका रामचन्द्र पौडेले मङ्सिर ४ को निर्वाचनको बेला जनता समक्ष गरेका बाचा तथा कवुल पुरा गर्ने भट्टराईले बताउनुभयो । तनहुँ– १ मा वैशाख १० गते प्रतिनिधी सभा सदस्यमा उपनिर्वाचन हुँदैछ । प्रतिनिधी सभा सदस्य निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचनको मिति नजिकिएसँग उम्मेदवारहरु मतमाग्न व्यस्त हुन थालेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button