घुस प्रकरण छिटो सार्वजानिक गर्न जरुरी

दमौली खबर संवाददाता

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो बाहिरिएपछि अहिले निकै चर्चामा आएको छ । वैशाख १० गते हुने उपनिर्वाचनको कारण पनि चर्चा चुलिएको छ । यो घटनाले गर्दा राजनीतिक भ्रष्टाचारको एउटा अर्को प्रकरण अनावृत्त भएको छ । दुई करोड रुपियाँ लेनदेन भयो–भएन भन्दा पनि राजनीतिक पात्र र वृत्तको सोच, चरित्र र प्रवृत्ति कतातिर उदत्त छ भन्ने प्रमुख कुरा हो । यस्ता खालका संवादको अडियो त एकाध सार्वजनिक हुने हुन् । भित्रभित्रै कस्ता र कति चलखेल हुन्छन् भन्ने संकेत गर्ने हुन् । त्यसो त यस प्रकृतिको अडियो सार्वजनिक भएको यो पहिलो घटना हैन । केही वर्षअघि झण्डै यस्तै प्रकारका दुई अडियो सार्वजनिक भएका थिए । एउटा थियो– माओवादी नेता कृष्णबहादुर महराले कुनै चिनियाँ व्यापारीसँग सरकार ढाल्ने र नयाँ सत्ता समीकरण बनाउने प्रयोजनका लागि सांसद किन्न प्रतिसांसद १ करोड मागेको टेप । अर्को–तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले खरिद गर्न लागेको सेक्युरिटी प्रेसमा ७० करोड कसिमन डिल गरेको अडियो । यी दुवै प्रकरणको कुनै गतिलो छानबिन भएन, कारबाहीको त कुरै छोडौं । सेक्युरिटी प्रेस कमिसन डिल प्रकरणमा बास्कोटाले मन्त्री पदबाट राजीनामा त दिए तर सिंगो पार्टी र नेतृत्वले बास्कोटाको प्रतिरक्षा ग¥यो । रास्वपाले भने चाँडै नै कारबाही गरेको छ । रास्वपाले कारबाही देखावटी दाँत हो कि भन्ने शंका उपशंकहरु छ । श्रेष्ठले कोर टिम सार्वजानिक गर्छु भनेकाले धेरैलाई यस प्रति चासो बढेको छ । यस घटनाले सेलाउन नदिई तातै बनाएर समयमै छानबिन कार्य अघि बढाउनु पर्दछ । यस्तो गर्न सकियो भने भ्रष्ट्राचारीहरु निरुत्साहित हुन्छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button