जमिन बाँझो हुँदा बिउ व्यवसायी विस्थापित हुने अवस्थामा

दमौली खबर संवाददाता

गोरखा, पालुङटार, चैत ५

जमिन बाँझो हुँदा बिउ व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुग्न लागेका छन् । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति तनहुँको तेस्रो साधारणसभा तथा गोर्खा र लमजुङको दोस्रो साधारणसभाका अवसरमा विस्थापित हुन लागेको जानकारी दिईएको हो । । गोर्खाको पालुङटार नगरपालिकाको, च्याङ्लीमा भएको उक्त साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उत्पादन बृद्धि गर्ने कार्यमा बीउ व्यवसायीहरुको ठुलो भुमिका रहेको बताउनुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी, कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारी, कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडा, नेपाल बीउ व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कलप्रसाद सुबेदी लगायतले अहिले पछिल्लो समय आएर कृषि पेशामा कृषकहरुको आर्कषण घट्दै जानु विडम्बनाको भएको चर्चा गर्दै कृषकहरुले नै खाद्यन्न बस्तुको उत्पादन गर्ने भएकोले राम्रो बिउ विजनको प्रयोग गरी उत्पादन बढाउनुपर्नेमा जोड दिएका थिए । संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अध्यक्ष मिश्रले बीउ व्यवसायहरुलाई सम्बन्धित निकायहरुले विभिन्न खालका तालिम र प्रशिक्षण प्रदान गर्नुपर्ने बताउनुभयो ।

गोरखा, लमजुङ, र तनहुँका बीउ वितरक व्यवसायी र प्रतिनिधिहरुको सहभागीता रहेको उक्त कार्यक्रममा नेपाल वीउ व्यावसायी संघ जिल्ला समन्वय समिति तनहुँका सचिव सुरेश चन्द्र घिमिरेले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button