जिल्ला प्रशासन कार्यालय दुई दिन ऋषिङ गाउँपालिका चार दिन बन्द हुने

दमौली खबर संवाददाता

तनहुँ, वैशाख ७ गते

तनहुँ–१ मा वैशाख १० हुने उपनिर्वाचनको लागि जिल्ला प्रशासन कार्यालय तनहँुको सेवा दुई दिन बन्द हुने भएको छ । अत्यवाश्यक बाहेक अन्य सेवा बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेद्धारा जारी बुधबार जारी विज्ञप्तीमा जनाईएको छ ।

विज्ञप्तीमा उपनिर्वाचन २०८० लाई सफलता पूर्वक सम्पन्न गर्नको लागि यस कार्यालयमा कार्यरत कर्मचारीहरु मतदान केन्द्रमा जानु पर्ने भएकोले जनशक्ति अपर्याप्त हुने भएकोले बन्द गर्नुपरेको जनाईएको छ । वैशाख ८ र १० गते हुने अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ । यसैगरी ऋषिङ्ग गाउँपालिकामा चार दिन अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने भएको । बैशाख ७, ८, १० र ११ गतेसम्म सेवा बन्द गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिका कार्यालय, वडा कार्यालय एवक् स्वास्थ्य संस्थामा कार्यरत अधिकाँश कर्मचारी मतदान केन्द्रमा खटिने भएकाले सेवा बन्द गरिने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिनुभयो । उपनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न यस कार्यालयमा कार्यरत कर्मचारीहरु मतदान केन्द्र तथा निर्वाचनका समग्र प्रक्रियाहरुमा खटिनुपर्ने भएकोले दैनिक सेवा बन्द हुने गाउँपालिकाले जनाएको छ ।व

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button