मानहुँमा जङ्गली च्याउ खाँदा एकै घरका चार विरामी

दमौली खबर संवाददाता

तनहुँ, चैत २७ गते

तनहुँको म्याग्दे गाउँपालिका–१ मानुङमा जंगली च्याउ खाँदा एकै घरका चार जना बिरामी भएका छन् । बर्ष २३ की कविता बिक उहाँकै छोरी वर्ष ४ की अञ्जली बिक, वर्ष ३३ की रिमा बिक र बर्ष १३ को रमित बिक बिरामी हुनु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

आईतबार बिहान ९ बजे बजे खानासँग च्याउको तरकारी खाँदा एकै परिवारका सबै जना विरामी हुनु भएको उहाँले जानकारी दिनुभयो । बिरामी भई उपचारको लागी दमौली अस्पताल तनहुँमा ल्याई उपचार गरिएको थियो ।

उपचार पछि आईतबार दिउँसो दुई जनाको डिस्चार्ज भएको र आमा कविता र छोरी अञ्जलीको थप उपचार आवश्यक परेकोले पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरा पठाएको प्रनाउ खाँडले जानकारी दिनुभयो । उक्त घटना सम्बन्धि थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button