उज्यालो घरका बालवालिकाहरुलाई बस्ने घरको अभाव शंकरराज नहर्की

दमौली खबर संवाददाता

व्यास नगरपालिका १० बैरेनीमा रहेको साहाराविहिन बालवालिकाको संरक्षणका लागि स्थापित उज्यालो घरका बालवालिकाहरुलाई बस्ने घरको अभाव भएको छ ।

वि.स. २०६७ सालमा जिल्ला प्रशासन कार्यालय तनहुँ दमौलीमा विधिवत रुपमा स्थापित उक्त उज्यालो घरका बालवालिकाहरु भाडाको घरमा बस्दै आउनुपरेको छ । उज्यालो घरका संस्थापक अध्यक्ष सागर घिमिरे साथीभाईहरुले दिएको चन्दा सहयोगबाट भाडाको घरमा बस्दै आउनुपरेको बताउनुहुन्छ ।

उज्यालो घरमा अहिले अविभावक विहिन आठजना बालवालिका बस्दै आएको र दैनिक खर्च मनकारी व्यक्ति हरुबाट जन्मदिन लगायतमा गरेको दानले चल्दै आएको उज्यालो घरका वर्तमान अध्यक्ष दिपक राज न्यौपाने बताउनुहुन्छ । न्यौपाने वडा तथा नगरपालिकाले कुनै सार्वजनिक जग्गा प्रदान गरिदिएको खण्डमा पछि सम्मका लागि पनि हुने बताउनुहुन्छ । उज्यालो घरका सचिव आकाश खनाल पनि वडा तथा नगरपालिकाले आफुहरुलाई सार्वजनिक जग्गा ३–४ आना प्रदान गरिदिएको खण्डमा उज्यालो घरसञ्चालन गनृ सकिने बताउछन् । अहिले उज्यालो घरका बालवालिकाहरुका लागि मासिक तीसदेखी ३५ हजार खर्च हुने गर्दछ ।

सचिव खनालले व्यक्तिहरुको सहयोगबाट जेनतेन उज्यालो र सञ्चालन गदै आएको र उज्यालो घरमा रहेका वालवालिकाहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । यसरी व्यास १० मा रहेको उज्यालो घरलाई वडा तथा नगरपालिकाले सार्वजनिक जग्गा उपलव्ध गराएको खण्डमा आफ्नै घरमा वस्न पािउने थिए । उज्ज्यालो घर परिवारबाट संरक्षण विहिन तथा अनाथ १० जना बालबालिकाले साहारा पाएका छन् । जन्मदिन मनाउने, वार्षिक पुण्यतिथी लगायतको उपलक्ष्यमा प्राप्त हुने सहयोगले सञ्चालन गरिएको छ । सहयोग दाताबाट आएको रकम तथा खाद्यान्नले अपुग हुने भएकोले त्यसमा आवद्ध युवाहरुले आफू आफूमा पैसा उठाएर सहयोग गर्दै आएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button