जोन्सन एण्ड जोन्सन खोप : एक पटक लगाएपछि ढुक्क !

दमौली खबर
साउन ०८, दमौली । व्यास नगरपालिका वडा नं २ का ५३ वर्षीय धनबहादुर थापा हतारहतार गर्दै विहान ११ बजे कोरोना भाइरसविरुद्धको खोप लगाउन केराबारी आधारभूत स्वास्थ्य केन्द्रमा पुगे । खोप लगाए पछि थापा खुशी छन् । ‘ढिला भएपनि सरकारले हामीलाई खोपको व्यवस्था गरेर राम्रो ग¥यो । सबैले लगाउन पाए राम्रो हुन्थ्यो’, उनले भने, ‘युवायुवतीहरुले पनि लगाउन पाएका छैनन् । उहाँहरुलाई पनि छिटो लगाइयोस् ।’ अमेरिकी सरकारले अनुदानमा पठाएको जोन्सन एण्ड जोन्सन खोप व्यासका ५० देखि ५४ वर्ष उमेर समूह, क र ख वर्गाका अपाङगता भएका व्यक्ति,स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई विहिबार देखि लगाउन सुरु गरिएको हो ।

खोप लगाउन आउनेहरुलाई सामाजिक दुरी र स्वास्थ्य मापदण्ड कायम गराउदै खोप लगाएको केराबारी आधारभूत स्वास्थ्य केन्द्रका ईञ्चार्ज सुनिल अधिकारीले जानकारी दिए । उनका अनुसार वडाका एक सय ४३ महिला र एक सय ४१ पुरुष गरि दुई ८४ जनालाई खोप लगाईएको छ । उनले भने, ‘ स्वास्थ्य मापदण्ड पालना गदै लक्षित वर्गलाई खोप लगाईएको छ । भिडभाड नहोस भन्ने हिसाबले व्यवस्थापनको लागि जनप्रतिनिधि पनि खटिनु भएको थियो ।’व्यास नगरपालिकाले नगर भित्र २५ खोप केन्द्र निर्धारण गरि खोप लगाएको हो ।

‘स्थानीय स्तरमा खोप केन्द्र निर्धारण गरेर खोप लगाईएको छ’, व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले भने, ‘सरकारले तोकेको मापदण्ड भन्दा तलमाथि नपर्ने गरि खोप लगाइन्छ ।’ विहिबार व्यासका एक हजार ५ सय ८८ महिला र एक हजार ६ सय ३८ पुरुष गरि तीन हजार दुई सय २६ जनाले खोप लगाएका छन् । यो खोप एक पटक मात्र लगाए पुग्ने चिकित्सकहरु बताउँछन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button