फुट्यो एमाले, नयाँ पार्टीको नाम– एमाले समाजवादी, अध्यक्ष– माधव नेपाल

दमौली खबर संम्बददाता


भदौ ३, दमौली ।
देशको सबै भन्दा ठुलो पार्टी नेकपा एमाले विधिवत विभाजन भएको छ । एमाले विभाजन गरेर बनाइएको नयाँ दलको नाम नेकपा एमाले समाजवादी राखिएको छ भने अध्यक्ष माधव नेपाल बनेका छन् । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्व एमाले कै केन्द्रीय सदस्य र सांसदहरु सहितको टोली निर्बाचन आयोग गएर नयाँ पार्टी दर्ता गराएका हुन् ।

यो पार्टीको चुनाब चिन्ह खुल्ला किताब माग गरिएको थियो । तर त्यो अर्कै पार्टीको भएकाले चुनाव चिन्ह अझै निधो भएको छैन् । सरकारले मंगलबार मात्र एमालेलाई विभाजन गराउनका लागि दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेको थियो । पुरानो कानुन अनुसार नेपाल पक्षले नयाँ दल गठन गर्न नसक्ने भएकाले अध्यादेश जारी गरेर माधव नेपाल पक्षलाई नयाँ दल दर्ता गर्न बाटो खोलिदिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button